घुँयत्रो

राजनीतियाँ बदनामै भएनी गुमनाम नहुनु भन्छन् । यो कुरो साँच्चै जस्तो लायो । जब नेता गुमनाम हुन्छ, तब जनताले चिन्नै छाड्छन् । अनि काँट राजनीति हुन्छ, अनि काँट सत्ता हुन्छ ? त्यही भएर अहिले कर्नालीका कृषिमन्त्री ( कुर्मराज शाही) बदनामै भएनी चर्चाँ छन् । एकुन्ताक बेसरी भाईरल भाथे । पत्रपत्रिकाँ र सामाजिक सन्जालाँ खुब चर्चा हुन्थ्यो ।
उनकाविरुद्ध राजनीतिक दल र युवाले हंगामा मच्चाएनन् की, सामाजिक संगठनले उनकाविरुद्ध आवाज उठाएर राजीनामा मागेनन् की । के के गरेनन् मान्छेले । तर उनी वा उनका मुख्यमन्त्री ले टेरपुच्छरै लाएनन् । अनि उनको राजीनामा माग्नेहरु आँफै थाके । त्यही भएर हो राजनीतिमा बदनाम भएर केही हुन्न । गुमनाम हनुहुन्न भन्या । लेख्नेले जतिसुकै लेखे पनि र जो पीडित हो भनेर प्रमाणै जुटाएर देखाई दिए नी म पीडित छैन भनेर अर्थात सत्य कु रालाई नी १०० पटकसम्म असत्य नै हो भनेर प्रचार गरेछि त्यो कुरा असत्य नै ठहर्छ भन्याझैँ भो मन्त्री शाहीमाथि लाग्या आरोप ।

त्यसैले उनलाई त्यो सम्चारले २/४ दिन टेन्सन गराए नी अन्ततः आफ्नै पत्रकार सम्मेलन र जोमाथि करणीको आरोप लाग्याथ्यो उनकै पत्रकार सम्मेलनले नी दुबैलाई जलाउने गरी दन्केको आगोलाई भस्याकभुसुक निभाई दियो । तर खेल खतम पैसा हजम भन्या जस्तरी मन्त्रीको खेल खतम होला जस्तो देख्खिएन । जब हाम्रा मन्त्रीज्यु पुलको ताराँ अडेस लाएर बसीरहँदा बजेको गीतको धुन र शब्दले फेरि मन्त्रीज्युको अर्काे मायाले कोट् याको जस्तो देखियो ।
अनि फेरि शंकाको घेराँ मन्त्रीज्यु आईबक्सेको कुरो सम्चाराँ आउन थाल्यादेखि सक्कियो । संयोग भनौ कि के भनौं, त्यो भिडियो अपलोड गर्ने महिलालाई मन्त्री ज्युले नै टिकट देर शुभकालिका गाउँपालिका उपाध्यक्ष बन्ने अवसर दिनुभा रैछ र कालिकोट सदरमुकामको आफ्नैघराँ घर कुरुवा बनाएर राख्नुभा रैछ । ती उपाध्यक्षज्यु र मन्त्री ज्युको सम्बन्धाँ अल्लि रसमाधुर्यता देखिएछि गाउँले र कार्यकर्ताले कुरा काटन थालेछि देउता भाक्ने काम भएर जनताजनार्दनको मुखाँ बुझो लाएछि कुरो सामसुम भा बुझियो ।
तर फेरि अहिले एक्कासी दोस्रो माया पिरतीको कुराले हङ्गामा मच्चाएछि पहिलो पिरती जागेछकी के भएछ कुन्नी बिचरा मन्त्रीज्युलाई पुलको बिचाँ बसेर गाको । त्यो भित्रको गीतको भाका र शब्दले एक्कासी रभाईरल बनाको हो कि ओरालो लाग्या मृगलाई गाईको बाच्छाले नी लखेटछ भन्ने उखान चरितार्थ भा हो ।
वास्तविकता त ह्वाँहरलाई नै था होला । आखिर फेरि पनि भाइरल हुन लेख्यारैछ भने कसैले रोकेर रोकिन्न क्यारे ! जसरी राजीनामा माग्नेको लर्काे लाएनी खै त कसै ले केही लछारपाटो लाउन सकेन क्यारे । त्यसैले त भन्ने गरिन्छ “पावर पावरकी बात है“ । जयहोस् कमिनिष्ट नेताजीका





