कोभिड परास्त गर्दै बनगाडका ७ जना डिस्चार्ज

दुर्गा विसि । सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको अस्थाई कोभिड अस्पताल अर्थात आइसुलेसन सेन्टरबाट ६ जना डिस्चार्ज भएका छन् ।

शुक्रबार २ जना र आज ४ गरि जम्मा ६ जानले कोभिड जितेर घर फर्केका थिए ।ती सबैको अवस्था सुरुमा जटिल रहेको,अक्सिजनको मात्रा कम भएकोले आइसुलेसनमा अक्सिजन सहित राखिएको डाक्टर आरके मण्डलले जानकारी दिएका छ ।

वडा ६ का धन बहादुर पुन,५ का रेसम बहादुर बिष्ट, १ का टिकाराम खत्रि वडा ३ का सुकदेब गोसाइ,वडा ९ युवराज रावत सोहि वडाका,साबित्रा कुमारि रावत र वडा ११ हरिश्याम शाहीले कोरोना जितेर घर फर्किएको जनाएको छ ।सबैको स्वास्थ्य सामान्य रहेको डाक्टर मण्डलले जानकारी दिए ।

आइसुलेसनमा उपचाररथ विरामिलाइ डाक्टर मण्डलले वटाइका अण्डा समेत खुवाउने काम गरेको डिस्चार्ज भैइघरका फर्किन थालेकाहरुको भनाइ रहेको छ ।डाक्टर राखेसँगै कोभिड विरामिको उपचारमा सहजता थपिएको छ ।अब भने आइसुलेसनमा २ जना रहेको जनाएको छ ।

कोभिड परास्त गर्दै बनगाडका ७ जना डिस्चार्ज

नयाँ संक्रमित र निको हुने बराबर, १२९

Leave a comment

Your email address will not be published. Required fields are marked *