देउवालाई हस्ताक्षर गर्ने १४९ जना सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन निर्देशन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव हस्ताक्षर गरेका १४९ जना सांसदलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ।

विपक्षी पाँच दलिए गठबन्धनको शनिबार सिंहदरबारमा बसेको बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरुलाई आइतबार बिहान नागरिकतासहित सिंहदरबारमा उपस्थित हुन भनिएको हो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाले सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन भनेको जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन्।

संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध विपक्षी गठबन्धनले भोलि नै सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ। सरकारले मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसको विरोधमा रहेका विपक्षी गठबन्धनले सांसदहरुलाई काठमाडौं बोलाएको छ।

देउवालाई हस्ताक्षर गर्ने १४९ जना सांसदहरुलाई नागरिकतासहित उपस्थित हुन निर्देशन

नयाँ संक्रमित र निको हुने बराबर, १२९

Leave a comment

Your email address will not be published. Required fields are marked *