केपी ओलीसँग ४८–४९ वर्ष लामो मायाप्रिति छ, एकैरातमा टुंगिँदैन : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता नेता माधवकुमार नेपालले आफूहरू पार्टी छोडेर नजाने बताएका छन् ।

राष्ट्रिय सभागृहमा आफू निकटको युवा संघको भेलालाई शनिबार सम्वोधन गर्दै उनले लामो त्याग र बलिदान गरेको पार्टीलाई नछाड्ने बताएका हुन् ।

‘हामी सँगै जाने पक्षमा छौं केपी ओलीसँग छुट्टिने पक्षमा छैनौं। यति लामो समय सम्मको मायाप्रिति कहाँ एकै रातमा टुंङ्गिन्छ रु’ नेपालले भने,‘ओलीसँग मेरो ४८–४९ वर्षदेखिको मायाप्रिति हो। यति छिट्टै टुंङ्गिनेबाला छैन। ’

पार्टीभित्रै रहेर ओली प्रवृतिबिरुद्ध भने लागिरहने उनको बताए। नेपालले पार्टीका सवै कमिटीमा आफ्नो बहुमत भएकाले ओलीले बैठक बोलाउन नमानेको दाबी गरे । २२ जनाको स्यायी कमिटीमा १२ जना, ४५ जनाको पोलिटब्यूरोमा २५ जना र ९० जनाको केन्द्रीय कमिटीमा ९७ जना आफ्नो पक्षमा रहेको उनले दाबी गरे ।

ओलीले पार्टीमा आफ्नो बहुमत नपुग्ने भएपछि पूर्वमाओवादीबाट आएकाहरूलाई पार्टी प्रवेश नगराएर नै केन्द्रीय सदस्य बनाएकोमा असन्तुष्टि पोखे । पार्टी पुनःस्थापनापछि बसेका बैठकहरू खारेज गरि २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने उनले बताए। आफु र झलनाथ खनाललाई संसदीय बोर्डमा राखिएको भन्दै उनले पार्टीको बैठक बालुवाटारमा नभई पार्टी कार्यालयमा गर्न पनि सुझाए ।

 

केपी ओलीसँग ४८–४९ वर्ष लामो मायाप्रिति छ, एकैरातमा टुंगिँदैन : नेपाल

‘जब टेकन्द्रलाई श्रृजनाले फोन नम्बर दिइनन्’

केपी ओलीसँग ४८–४९ वर्ष लामो मायाप्रिति छ, एकैरातमा टुंगिँदैन : नेपाल

‘नेकपा एमाले संसदीय दलको विधान २०७७’ अनुमाेदनका

Leave a comment

Your email address will not be published. Required fields are marked *