कोरोनाको दोस्रो लहर

सुर्खेत । पुनः कोरोना संक्रमणको जोखिम बढेको छ । भारत लगायतका मुलुकबाट नागरिकहरु गाउँ फर्कन थालेपछि संक्रमण पनि बढ्न थालेको हो । छिमेकी प्रदेश बाँके र बर्दियामा संक्रमण उच्च भइरहेका बेला कर्णाली प्रदेशमा पनि संक्रमण बढ्न थालेको हो ।

पछिल्लो एक हप्तामा सुर्खेतमा र दैलेखमा संक्रमण बढ्दै गएका छन् । सुर्खेतमा पनि संक्रमित बढ्न थालेका छन् । दुई हप्तादेखि सुर्खेतमा संक्रमण उच्च छ । लगभग शुन्य अवस्थामा पुग्न थालेको संक्रमण चैत १५ गतेदेखि तीव्र गतिमा फैलिएको छ । बैशाखसम्म संक्रमण शुन्य भएको दैलेखमा शनिबारसम्म पाँच जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सुर्खेत र दैलेखमा गरी शनिबारसम्म ७६ जना संक्रमित छन् । सुर्खेतका संक्रमितमध्ये होमआइसोलेसनमा ६३ जना, कर्णाली प्रदेश अस्पतालमा ६ जना र सुरक्षाकर्मीको आइसोलेसनमा  दुई जना छन् ।

त्यस्तै दैलेखका पाँच जना संक्रमितमध्ये दैलेख जिल्ला अस्पतालको आइसोलेशनमा तीन जना र लयाटीबिन्द्रासैनी हेल्थ पोष्टको आइसोलेसनमा दुई जना छन् । जसमध्ये पछिल्लो २४ घण्टामा २० जना संक्रमित थपिएका हुन् । कुल ३३ जनामा परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।

घर ठेगानाका आधार सुर्खेतका १३ जना, दैलेख– तीन जना, जुम्लाका एक जना दाङका दुई जना र अछामका एक जना संक्रमितहरु छन् । कर्णाली प्रदेशभर हालसम्म कुल ९८ हजार तीनसय ७३ जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ ।

‘सुर्खेतमा तत्काल विद्यालय बन्द नहुने’

केही दिनअघि संघीय सरकारको स्वास्थ्य मन्त्रालयले देशभरका १४ वटा विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । शनिबार सीसीएमसीले शहरी क्षेत्रका विद्यालयहरु बैशाख अवधिभर बन्द गर्न निर्देशन दिएको छ । तर सुर्खेतका विद्यालयहरु यथावत रुपमा सञ्चालन हुने भएका छन् ।

संक्रमण बढ्दै गए पनि विद्यालय बन्द गर्ने निर्णय भइसकेको छैन । ‘तत्काल सुर्खेतका विद्यालयहरु बन्द हुने अवस्था छैन’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘स्थानीय तहले अवस्था बुझेर मात्रै निर्णय लिन सकिन्छ ।’ वीरेन्द्रनगर उपत्यकाका विद्यालयहरु पनि कोरोना संक्रमणको जोखिममा छन् ।

वीरेन्द्रनगरमा कोरोना संक्रमणको अवस्था बुझेर स्थानीय सरकारले नै विद्यालयहरु बन्द गर्ने वा चलाउने भनेर निर्णय लिन सक्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । तत्काल विद्यालय बन्द गर्नुको सट्टा सावधानी अपनाउनु नै बुद्धिमानी हुने सुझाव छ । जोखिम बढेको खण्डमा भने जतिबेला पनि विद्यालयहरु बन्द हुनसक्ने रिजालले बताए ।

‘नाकामा कडाइ गर्नुपर्ने बेला भयो’

प्रदेशमा पुनः कोरोना संक्रमण बढ्न थालेपछि प्रदेशका नाकाहरुमा विशेष सावधानी अपनाउने कर्णाली प्रदेश सरकारले जनाएको छ । ‘नाकामा हेल्थडेष्कहरु त राखेको छौँ, तर यतिमात्रै संक्रमण रोक्न सक्ने अवस्था छैन’ प्रदेश सरकारका प्रवत्ता विमला केसीले भनिन्, ‘छिमेकी जिल्लामा संक्रमण बढ्दै गए नाका नै शिल गर्नुपर्ने अवस्था आउनेसक्छ ।’

हप्तादिनदेखि छिमेकी जिल्ला बाँके र बर्दियामा संक्रमति बढिरहेका छन् । यही कारण कर्णाली प्रदेशमा पनि कोरोना संक्रमणको उच्च जोखिममा छ । संक्रमणको दर नघटे सबै नागरिकलाई स्वास्थ्य परीक्षण गरेर भित्र्याउने र खाद्य तथा अखाद्य बस्तुलाई स्यानिटाइजर गरेर मात्रै प्रवेश दिइने सरकारको तयारी छ ।

‘नाका र प्रदेशका जिल्लाहरुमा विशेष तयारी गर्न निर्देशन दिएका छौ’ सामाजिक विकास मन्त्रालयकोसमेत जिम्मेवारी सम्लादै आएकी केसीले भनिन्, ‘फेरि एक पटक कोरोना प्रतिकार्यमा खटिनुपर्ने अवस्था आइसक्यो ।’ संक्रमण बढ्न थालेपछि चैत २० गतेदेखिसुर्खेतको कुइने र बबइ नाकामा हेल्थडेष्क राखिएको छ ।

युवाको मृत्युपछि दैलेखमा खैलाबैला

यसैबीच भारतबाट गाउँ फर्किएका एक युवाको मृत्युपछि दैलेखमा खैलाबैला भएको छ । १५ दिनअघि भारतबाट गाउँफर्किएका दुल्लु नगरपालिका २ का ३८ बर्षे पुरुषको मृत्यु भएको हो ।

उनलाई ज्वरो, रुघाखोकी र सास फेर्न गाह्रो हुने समस्या देखिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोनाकै आशंकामा दैलेखमा खैलाबैला भएको हो । यद्यपी कोरोना पुष्टि भने भइसकेको छैन ।

‘भारतबाट आएका कारण कोरोनाको आशंका छ, तर पुष्टि भएको छैन’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्शन थिरप्रसाद रेग्मीले भने, ‘युवाको मृत्युपछि गाउँमा खैलाबैला छ ।’ स्थानीयले भने मृतक युवालाई केही समयअघि भारतमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । शनिबार साँझ दुल्लु अस्पतालमा मृत्यु भएको उनको आइतबार कोरोना परीक्षण गरिनेछ ।

कोरोनाको दोस्रो लहर

‘बादल’ को सांसदसँगै मन्त्री पद पनि गुम्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *