प्रमुख नाका वीरगञ्‍ज भन्सारमा आवागमन अझै असहज

कोरोना महामारीका कारण एक वर्षअघि गत चैतमा बन्द गरिएको मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज अझै आधिकारिक रूपमा खुलाइएको छैन ।

देश छिर्ने प्रमुख स्थल नाका भारतीय पर्यटकका लागि अझै नखुलाइएको हो । अन्य गतिविधि भने प्रायः सबै पूर्ववत् अवस्थामा फर्किन थालेको छ। तथापि; वीरगन्ज भन्सार नाका भने आधिकारिक रूपमा अझै भारतीय पर्यटकका लागि खुलेको छैन ।

भारतीय पर्यटककै भरथेगमा चलिरहेको यहाँको पर्यटन व्यवसाय सीमा नखुलाइँदा ठप्प छ । भारतीयहरूले सीमा पारी नै सवारीसाधन छाडेर नेपाल छिर्ने गरिरहेका छन् ‌।

सवारीसाधन प्रवेशमा अवरोध हुँदा पर्यटन व्यवसाय माथि उठ्न नसकेको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले बताए । ‘बुधबार नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई समेत भेटेर यो कुरा अवगत गराएका छौं,’ उनले भने । सवारीसाधन सीमापारी नै राख्नुपर्ने भएपछि भारतीय पर्यटकहरू नेपाल आउन अनिच्छुक देखिएका पन्त बताउँछन् ‌।

मालवाहक सवारीसाधनलाई भने सीमा हुँदै आवतजावत गर्न कुनै रोकतोक छैन । तर, निजी सवारी लिएर नेपाल आउन चाहने भारतीय नागरिकका सवारी भने नाका पारी राखेर मात्र आउन पाउने प्रावधान रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मन्त्री परिषद्को नयाँ निर्णय भएर पत्र नआएसम्म वीरगन्ज नाकामा आवागमन पूर्ववत् नै रहने पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। ‘क्याबिनेट बैठकले निर्णय गरेर पत्र पठाए हामी नाका एक मिनेट पनि बन्द राख्दैनौं,’ उनले भने ।

 

प्रमुख नाका वीरगञ्‍ज भन्सारमा आवागमन अझै असहज

कलाकर्मीद्वारा पेन्सनको माग

प्रमुख नाका वीरगञ्‍ज भन्सारमा आवागमन अझै असहज

‘महिनावारी भएकाले छुँदा कसैलाई दाग लाग्यो, एलर्जी

Leave a comment

Your email address will not be published. Required fields are marked *