‘महिनावारी भएकाले छुँदा कसैलाई दाग लाग्यो, एलर्जी भयो कि के भयो ?’

महिनावारी हुँदा आफ्नो घर, समाज र कार्यक्षेत्रको भोगाइ र छोइछाइका कुचलनबारे रियाशा दाहाल यस्ताे बताउँछिन् ।  मेरो पहिलो महिनावारी चौध वर्षको उमेरमा भएको थियो। त्यो बेला म कक्षा सातमा पढ्थेँ ।

जाडोयाम भर्खर सुरू भएको थियो र बिहान स्कुल जाने बेलामै मलाई हल्का पेट दुखिरहेको थियो। त्यो दुखाइ अन्य बेलाभन्दा अलि फरक थियो। ग्यास्ट्रिकले दुखेको होला भनेर मैले त्यति वास्ता गरिनँ। तर स्कुलमा हुँदा नै दिउँसोतिर मलाई महिनावारी भयो ।

सुरूमा त महिनावारी भएको हो कि होइन भनेर झुक्किएकी थिएँ । साथीहरूले साँच्चिकै भएको हो भनेर बुझाएपछि विश्वास गरेँ। घरमा आमा महिनावारी भएको देखिरहेको र स्कुलमा पनि यो विषय पढाएकाले म धेरै आत्तिइनँ ।

महिनावारी भएको थाहा पाएपछि आमालाई सुनाएँ। बरू आमा उल्टै आत्तिनुभयो। उहाँले यो कुरा कसैलाई नभन्न सिकाउनुभयो, मानौं त्यो कुनै डरलाग्दो विषय थियो । घरमा मैले पन्ध्र दिनसम्म लुकेर बस्नुपर्‍यो। त्यतिखेर मेरो परीक्षा चलिरहेको थियो। त्यसैले बुबा र दाइले नदेख्ने गरेर लुकीलुकी स्कुल जान्थेँ ।

त्यो बेला सबभन्दा गाह्रो सात दिनसम्म बिहान सबेरै उठेर चिसोमा नुहाउन भएको थियो। पन्ध्र दिनपछि पण्डित बोलाएर चोख्याएपछि बल्ल मलाई भान्सातिर छिर्न दिइएको थियो । सानैदेखि आमाले महिनावारी बारेको देखेकाले मलाई नौलो केही थिएन। तर यस्ता चलन किन मान्नु पर्ने होला भनेर मनमा प्रश्न उठ्थ्यो  ।

अहिले पनि मेरो घरमा चार दिन महिनावारी बार्नुपर्छ। जनै लगाएका पुरुषलाई छुन नपाउने नियम छ । खाना खानेबेला पनि भान्साकोठा बाहिर बसेर खानुपर्छ । सानैदेखि यही वातावरणमा हुर्किएकी मलाई यी कुराले त्यति फरक पार्दैन । तर आफ्ना केटी साथीहरू घर आउँदा पनि उनीहरूलाई त्यस्तै व्यवहार गरियो भने नरमाइलो लाग्छ । मेरी आमा बाल्यकालदेखि नै कडा संस्कार भएको घरमा हुर्किनुभयो। त्यसैले उहाँका लागि महिनावारी बार्नै पर्ने कुरा भइसक्यो। बुबाको सोचमा पनि यो विषयलाई लिएर केही फरक छैन ।

अब आएर मैले आमाको यो सोच परिवर्तन गर्न सक्दिनँ। ‘पितृको सराप’ लाग्छ भन्ने डर उहाँहरूको मनमा छ। त्यसैले आफ्नो लागि नभइ, परिवारको मुख बन्द गर्न भए पनि म घरमा महिनावारी बार्छु । महिनावारी विषय हामीले छ कक्षामा पढ्नु पर्थ्यो र यो विषय पढ्न मलाई निकै रूचि लाग्थ्यो। म कक्षामा ध्यान दिएर सुन्थेँ र नजानेको कुरा शिक्षकलाई सोध्थेँ। तर कोही साथीहरू लाजले टाउको तल पार्थे। मलाई भने मतलब लाग्दैन थियो ।

अहिले आफ्नो घरमा महिनावारी बार्ने चलनले गर्दा कहिलेकाहीँ साथीहरूको घर जाँदा पनि भान्सामा छिर्न सक्दिनँ। यसमा म आमाबुबालाई पूरै दोष दिन्नँ। उहाँहरू जुन तरिकाले हुर्किनुभयो, मलाई त्यही सिकाउनुभएको हो।

‘महिनावारी भएकाले छुँदा कसैलाई दाग लाग्यो, एलर्जी भयो कि के भयो ?’

प्रमुख नाका वीरगञ्‍ज भन्सारमा आवागमन अझै असहज

‘महिनावारी भएकाले छुँदा कसैलाई दाग लाग्यो, एलर्जी भयो कि के भयो ?’

आर्मी अफिसर्स क्लबमा आगलागी

Leave a comment

Your email address will not be published. Required fields are marked *