आर्मी अफिसर्स क्लबमा आगलागी

काठमाडौँ । राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ।
काठमाडौँ प्रहरी परिसर प्रमुख अशोक सिंहले केहीबेर अघि सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए।
प्रहरीले विद्युत सट भएका कारण आगलागी भएको आशंका गरेको छ।
दमकलको सहयोगमा आगगाली नियन्त्रणमा आएको थियो। आगलागीका कारण सामान्य क्षति भएको प्रहरीले जनाएको छ।






