भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

महेन्द्रनगर, २१ असोज । 

तीन वर्षअघि भीमदत्त नगरपालिका–१० जिमुवाका ललित सार्कीले घरमै अध्ययन गरेर एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गरेपछि भीमदत्त नगरपालिकाले सम्मान गर्‍यो ।  घरको आर्थिक अवस्था कमजोर भएका सार्कीले तयारीका लागि रकम नभएपछि स्वअध्ययनका आधारमा प्रवेश परीक्षामा नाम निकाल्नुभएको थियो । घरमै बसेर एमबिबिएसमा नाम निकालेको भन्दै उहाँको त्यसबेला सबैतिर चर्चा भयो । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो वर्षमा अध्ययनरत सार्कीलाई भीमदत्त नगरपालिकाले उच्च शिक्षा अध्ययन छात्रवृत्ति उपलब्ध गराएको छ ।  “भीमदत्त नगरपालिकाले सम्मानसहित छात्रवृत्ति रकम गत वर्ष पनि दिएको थियो”, उनले भने, “ छात्रवृत्ति रकमले शैक्षिक सामग्री र अन्य खर्च व्यवस्थापनमा सहज भएको छ ।”

भीमदत्त नगरपालिका शिक्षा शाखाका अधिकृत कलावती मिश्र भट्टले एमबिबिएस अध्ययनरत दुई जना विद्यार्थीलाई पालिकाबाट रु दुई लाखका दरले छात्रवृत्ति रकम प्रदान भइरहेको जानकारी दिए । ललितसँगै भीमदत्त नगरपालिकाकै अर्का विद्यार्थी लोकेश भट्ट पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययरत छन् । कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले पालिकामा बसोबास गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिले अध्ययनमा धेरै सजिलो भएको छ । 

अमृता मल्ल नेपाल वेर्ष्टन एकेडेमीमा बिबिएस अध्ययनरत छन् । उनलाई छात्रवृत्तिस्वरुप रु ५० हजार प्रदान गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । गत आर्थिक वर्षदेखि यहाँ नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने भन्दै ‘छोरी–बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको छ ।

भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले सो कार्यक्रमबाट सात जना छोरी बुहारीलाई छात्रवृत्ति प्रदान गरिएको बताए । गत वर्ष सात जना छोरी र बुहारीलाई अध्ययनका लागि रु चार लाख ५० हजार छात्रवृत्ति रकम वितरण गरिएको उपप्रमुख लेखकको भनाई छ । 

“आर्थिक अभावका कारण छोरी–बुहारी अध्ययनबाट बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याएका हौँ”, उनले भने, “ शिक्षा र स्वास्थ्यमा नगरपालिकाले प्राथमिकताका साथ बजेट उपलब्ध गराएको छ ।” भीमदत्त नगरपालिकाले छात्रवृत्ति प्रदान गरेका विद्यार्थीले प्राविधिक शिक्षालाई नै प्राथमिकतामा राखेका छन् । एमबिबिएस, इञ्जिनियरिङ, नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीलगायत अन्य सङ्कायमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । 

भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

दशैंको टीकाको उत्तम साइत १० बजेर २६

भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

चितुवाको आक्रमण र हराउने क्रमले खैरापुरका कृष्णसार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!