बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक भएको हो ।
बालुवाटार बैठकमा नेता माधवकुमार नेपाल पक्षका सांसदहरु सहभागी छैनन् ।
ललितपुरको सानेपामा रहेको एक होटलमा बिहीबार बिहान छलफल गरेर पहिले बालुवाटार बैठकमा जाने निर्णय गरेका उनीहरुले आन्तरिक विरोधपछि पुनः नजाने निष्कर्षमा पुगेका हुन् ।
सर्वोच्चको फैसला पछि पार्टी एकता भंग भएर पूर्ववत एमाले र माओवादी केन्द्र बनेपछि एमालेभित्र आन्तरिक विरोध उत्कर्षमा छ ।
नेता नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सानेपामा जारी छ ।






