नेपाल–भारतबिच यातायात सेवा सुरु गर्नका लागि सिसिएमसीको सिफारिस

काठमाडौँ ।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले नेपाल र भारतबिच यातायात सञ्चालन गर्न मन्त्री परिषदलाई सिफारिस गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले नेपाल र भारतबिचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्री परिषदलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल भारत यातायताका १३ वटा रुट बाट पूर्ववत रुपमा यातायता सञ्चालनको निम्ति मन्त्रीपरिषदलाई सिफारिस गरिएको सिसिएमसीका सचिव खगराज बरालले बताए ।

यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाई छ ।

त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।

गत चैत ११ गतेदेखि नेपालका कोभिड–१९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ ।

यातायातका साधन ठप्प भए पनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवत जावत भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताए ।

नेपाल–भारतबिच यातायात सेवा सुरु गर्नका लागि सिसिएमसीको सिफारिस

जनता समाजवादी पार्टीको बैठक स्थगित

नेपाल–भारतबिच यातायात सेवा सुरु गर्नका लागि सिसिएमसीको सिफारिस

बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *