सांसद झपटले भने-ओलीले बोलाएको बैठकमा जाने निर्णय आत्मघाती 

काठमाडौँ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद झपट रावलले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा जाने आफ्ना साथीहरुको निर्णय आत्मघाती भएको टिप्पणी गरेका छन् ।

हेरिटेज होटलमा नेपाल पक्षका शीर्ष नेताहरु बसेर स्थायी कमिटि सदस्यबाहेक अरु सांसदहरु ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने निर्णय गरेको बताइएको छ ।

नेता दीपक भट्टराईले स्थायी कमिटी सदस्यबाहेक अरु सांसदहरु बालुवाटार जाने जानकारी दिएका छन् । ओलीले बालुवाटारमा बैठक बोलाएका छन् ।

सांसद रावलले भने,‘जे निर्णय गरियो यो आत्मघाती निर्णय हो । नेताहरुले निर्णय गरेपछि जाने कुरा होला । म एक्लो वृहस्पती भएर केही पनि हुँदैन । जे गर्नु भयो यो कमजोर मानसिकता हो। राजनीतिक उद्देश्य प्राप्तीका लागि लडाईँ लडिरहँदा दुनियाँमा कुनै पनि दलको बैठकमा नजाँदा कुनै पनि सांसदलाई कारवाही हुँदैन । नेपालको संविधानमा पनि त्यो व्यवस्था छैन । ’

सांसद झपटले भने-ओलीले बोलाएको बैठकमा जाने निर्णय आत्मघाती 

नेपाल पक्षका सांसदहरु ओलीले बोलाएको संसदीय दल

Leave a comment

Your email address will not be published. Required fields are marked *