सात वर्षपछिमात्र क्वाटरफाइनलमा पुग्याे चेल्सी

एजेन्सी । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

चेल्सी समग्रमा ३-० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।

खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको ।

त्यसपछि खेलको इन्जुरी समयमा इमर्सनले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए । उनको यो च्याम्पियन्स लिगमा पहिलो गोल हो ।

यससँगै चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । चेल्सी सन् २०१३/१४ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।

सात वर्षपछिमात्र क्वाटरफाइनलमा पुग्याे चेल्सी

नातिनी बलात्कार गर्ने हजुरबालाई आजीवन कारावास सजाय

सात वर्षपछिमात्र क्वाटरफाइनलमा पुग्याे चेल्सी

नयाँ सरकार गठन : माओवादी केन्द्र अलमलमै

Leave a comment

Your email address will not be published. Required fields are marked *