कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित

काठमाडौं, ५ चैत ।
कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित हुने भएको छ । आवश्यकता अनुसारको खोप उपलव्ध नभएपछि अभियान रोकिने भएको हो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ चैतदेखि ६० वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिने योजना बनाएको थियो । त्यसको केही दिनमै ५५ बर्ष माथिकालाई खोप सुरु गर्ने भनेको थियो। तर, खोप आउने टुङ्गो नभएपछि त्यो सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको कोभिड भ्याक्सिन सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रतीले बताए । ‘आजदेखि ५५ वर्षका माथिका नागरिकलाई 
लगाउने भनिएको खोप अभियान स्थगित गरिएको छ। खोपको अभावका कारण अभियान स्थगित गर्नु परेको हो। अभियान आउँदो वैशाखदेखि पुनः सुरु हुने छ’, उनले भने, ‘वैशाखमा ५५ वर्षमाथिका नगरिक र पहिलो चरणको खोप अभियानका सहभागी भएका व्यक्तिलाई दोस्रो डोज दिइने छ ।’






