कार्यकर्ता अघि घेर्रिने, झण्डा हल्लाउने २ बर्ष विताउने बस्ने त होलानी ।

नेकपा हुँदादेखि कर्नालीको मुख्यमन्त्री बन्न मसक्कत गर्या यामलालजीको संघर्षले नेकपाको सफर अन्त्य गरेछि एमाल्याट बल्ल यो पटक भने परिणाम ल्याउन्यै भो । एमाल्यै भएनी माधव नेपालका पक्षबाट टिकट पाका र चुनाउ लड्या एमाल्या प्रदेश सभा सदस्यहरु मन्त्री बन्न पाउने सर्ता माधव नेपाललाई लात हानेर आका माननीयहरको अन्तर बेचाइको फलले नै यामलालजीको चाँदो बल्किने भो भन्ने हल्ला बजाराँ छ क्यारे कुरा साँच्चै त होला । कडेलजी मन्त्री हुने नै हुनु भो । त्यसका लागि भरपुर बधाइ छ मेरो र कर्नाली प्रदेशको जन्तातर्फाट । खासै भन्ने हो भने 

यसअघिका मुख्यमन्त्रीले भाषण एकातिर, काम अर्कोतिर गरेर जनताट जुन भरपुर अविश्वास प्राप्त गर्नुभाछ र कर्नालीका जनतालाई बेबकुफ बनाउनु भाछ । त्यस्तो काम चाइँ तपाइँ नगर्नुहोला किन त भन्दा जनता मुख्यमन्त्रीको भाषण र आश्वासनबाट दिक्क भाछन् । अब कर्नालीका जनतालाई केहीगर्छु भन्ने सोच हो भने गर्न सक्ने कामको मात्रै आश्वासन जनतालाई दिनुहोला । हैन तपाइँ नी माओवादीका रिसले मात्रै मन्त्री हुन ला हो भने तपाइँमा र माओवादीका मुख्यमन्त्रीयाँ केही फरक नहुने त होलानी । तपाइँ नी कर्नालीका कंगाल जनता खिल्ली उडाउने,

कार्यकर्ता अघि घेर्रिने, झण्डा हल्लाउने २ बर्ष विताउने बस्ने त होलानी । एउटाको टिमले ३ बर्षाँ शाखासन्तानलाई पुग्नेगरी कमाएर जाँदैछन् । अब आउने तपाइँको टिम दुधले न्वाका पक्कै छैनन् होला । सरकाराँ भा पार्टीका माननीय हुन यीनले नि कतै बाख्रापालन त कतै भंैसीपालन र कृषियाँ अनुदानलेर कुटो नचाहोलान् । अब तिनीहरु नै भष्टाचाराट अलग्गै हुन्छन् भन्ने ग्यारेण्टि छैन होला । खान जान्या मुखलाई रोक्ने नीति तपाइँले नि पक्कै ल्याउनु हुने छैन । किनत भन्दा चुनाबाँ तपाइँका नि पैसा खर्च भाकै होलान् । र भोलिको चुनाउको जोहो गर्नै पर्नेहोला ।

तपाइहरको साइबर सेनाको नि पालनपोषण गर्नै पर्नेहोला । अन्यथा ओलीबाले तपाइँको उठिबासलाई हाल्ने होलान् । समग्राँ भन्नुपर्दा कर्नालीयाँ सरकार फेरिनुमा जनतालाई न त हर्ष, न त विस्मात । केही छैन । जनतालाई हर्षित र विस्मित गराउने तपाइँको कार्यशैली ब्यबहार र आर्थिक अनुसासन र जनताको आबस्यकताकतामा गरिने गतिविधिले हो । त्यसमा अरु कसैले गरेर नहुने भै तपाइँले नै गर्नुपर्ने भा हुनाले हामी जनताचाइँ पर्ख र हेरको स्थितिमा छौँ । बाँकी तपाइँमा निर्भर छ । –वेदर्षि

कार्यकर्ता अघि घेर्रिने, झण्डा हल्लाउने २ बर्ष विताउने बस्ने त होलानी ।

छायानाथ रारा नगरपालिकामा नगर प्रहरी

कार्यकर्ता अघि घेर्रिने, झण्डा हल्लाउने २ बर्ष विताउने बस्ने त होलानी ।

पत्रकार महासंघको निर्वाचन चैत २५ गते

Leave a comment

Your email address will not be published. Required fields are marked *