छायानाथ रारा नगरपालिकामा नगर प्रहरी

मुगु, ५ चैत ।
छायानाथ रारा नगरपालिकाले पहिलो पटक नगर प्रहरीको भर्ना गरेको छ । मुगुको एक मात्र नगरपालिका छायाँनाथ राराले ३१ जनालाई भर्ना गरेको छ । नगर प्रहरीलाई तालिमका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेको छ। छनौट भएका नगर प्रहरीलार्य जिल्ला प्रहरी 
कार्यलय मुगुले तीन महिना आधारभूत तालिम दिने जनाइएको छ । भर्ना भएकामध्ये प्रहरी सहायक निरीक्षक एक, नगर प्रहरी हवल्दार पाँच र नगर प्रहरी जवान २५ जना रहेका छन् स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिका, गाउँपालिकाले नगरप्रहरी भर्ना गर्ने नियमअनुसार नगरपालिकाले नगर प्रहरी भर्ना गरेको नगर प्रमुख हरिजंग शाही बताए ।






