कार्यकक्षमै कुटिए स्वास्थ्यकमी

जाजरकोट, ५ चैत ।
जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सह–संयोजक तथा स्वास्थ्यकर्मी योज्ञेश्वर बस्नेतलाई कार्यकक्षमै कुटपिट गरिएको छ । जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीको यो जनामा स्थानीय खडकबहादुर शाही र तेजबहादुर शाहीले मदिरा सेवन गरेर कार्यालय भित्रै बस्नेतमाथि कुटपिट गरिएको भन्दै गाउँपालिकामा कार्यरत कर्मचारीले विरोध गरेका छन् । जुनीचाँदे गाउँपालिकामा कार्यरत सम्पूर्ण 
कर्मचारीले विज्ञप्ति घटनाप्रति खेद व्यक्त गरेका हुन् । उनीहरुले विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिलाई कारवाहीको माग गरेका छन् । जनताको नजिकको सरकार को रुपमा रहेका स्थानीय सरकारका प्रतिनिधि नै यस कार्यमा संलग्न हुनुले कर्मचारी प्रशासनमा डर र त्रासपूर्ण वातावरण सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ऐन कानुन विपरीत गरिएको निन्दनीय कार्यप्रति सरकारकै एकजना प्रतिनिधिको संलग्नतामा देखिदा कानुनी शासनको प्रत्याभूती गर्न नसकिएके विज्ञप्तिमा उल्लेख गरिएको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यले घटनाले दुःखी बनाएको भन्दै दो षीमाथि कारवाहीका लागि पहल गर्ने बताएका छन् ।






