रक्षक ठानिएका आफन्त नै भक्षक बनेपछि…

सल्यान, ५ चैत ।

एक हप्ताअघि जिल्लाकी एक १६ वर्षीया किशोरी सहोदर भाइबाट बलात्कृत भई गर्भवती रहेको खुल्यो । बलात्कृत भएको झन्डै ८ महिनापछि घटना बाहिर आयो । पीडितले प्रहरीमा उजुरी दिएपछि भाइलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । जिल्लाकै दक्षिणी क्षेत्रकी एक १३ वर्षीया किशोरी मामा नाता पर्ने पुरुषबाट बलात्कृत भइन् । घटना कसैलाई नभन्न ललाइफकाइ पटक– पटक बलात्कार गरेपछि पीडितकी आमाले थाहा पाइन् र घटना बाहिर आयो। हाल ती पुरुषले जेल सजाय भोगिरहेका छन् । सदरमुका   

नजिकै १६ वर्षीया अर्की किशोरी पनि छिमेकीहरूबाट सामूहिक बलात्कारमा परिन् । यी त केही प्रतिनिधि घटनामात्र हुन् । सल्यानमा भएका बलात्कार तथा बलात्कार प्रयासका घटनामा आफन्त तथा चिनजानकै पुरुष संलग्न देखिएका छन्। तिनले आफ्नै नाता पर्ने तथा छिमेकी कलिला बालिका÷किशोरीदेखि महिलालाई कामवासनाको शिकार बनाएका छन् । चालू आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि हालसम्म जबरजस्ती करण तथा जबरजस्ती करणी उद्योगका २४ घटनामध्ये २३ वटामा आफन्त तथा चिनजानकै व्यक्तिको संलग्न पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए। यस आर्थिक वर्षमा यौन दुर्व्यवहारमा संलग्न तीन जना बाहेक सबैलाई कानुनी

दायरामा ल्याएको उनको भनाई छ । तीन जना फरार रहेको र उनीहरूलाई खोजीकार्य भइरहेको थापाले बताए । ‘बालिका तथा महिलाहरूका लागि टाढाका वा अपरिचित भन्दा नजिकका र परिचित मान्छे जोखिमका रुपमा देखापरेका छन्,’ थापाले भने । परिचित तथा आफन्तबाट यौन दुर्व्यवहार हुँदा सामाजिक तथा पारिवारिक कारणले पीडितले आवाज नउठाउने तथा अरूले शंका समेत नगर्ने भएकाले बलात्कारीले परिचित महिला तथा बालिका प्रति कुदृष्टि राख्ने गरेको सल्यान इन्सेक प्रतिनिधि मीना बुढाथोकीले बताइन् । नजिकका नाता

सम्बन्धका कारण कतिपय खराब प्रवृत्तिका पुरुषको फन्दामा महिला सहजै पर्ने गरेको उनको भनाई छ । विश्वास गरिएका व्यक्तिहरूबाटै यौन दुर्व्यवहार हुँदा महिला तथा बालिकाहरू थप जोखिममा परेको बुढाथोकीले बताइन् । उनले भनिन्, ’जिल्लामा उमेर पुगेका पुरुषबाटै नै महिला धेरै पीडित बनेको पाइन्छ, मदिरा सेवन, डर धाक–धम्की तथा अरूले सजिलै शंका नगर्ने भएकाले महिला यौन दुर्व्यवहारको शिकार हुँदै आइरहेका छन् ।’

रक्षक ठानिएका आफन्त नै भक्षक बनेपछि…

तातोपानीले बनायो २८ ऐन

रक्षक ठानिएका आफन्त नै भक्षक बनेपछि…

कार्यकक्षमै कुटिए स्वास्थ्यकमी

Leave a comment

Your email address will not be published. Required fields are marked *