प्रदर्शनमा गोली लागी १३८ जना मारिए

म्यान्मारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमाथि सेनाले चलाएको गोली लागेर हालसम्म १३८ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आइतबार एकै दिन आन्दोलनमा ३७ जना मारिए । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो

। शनिबार भने १८ जनाको मृत्यु भएको थियो । ‘राष्ट्रसङ्घ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा राष्ट्रसङ्घ निन्दा गर्दछ’ पत्रकार सम्मेलनमा जारी वक्तव्यमा उल्लेख छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गरेका

थिए । यस्तै म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि रंगुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लागू गरेको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरूको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए । सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेना विरुद्ध दिनहुँ प्रदर्शनहरू भइरहेका छन् ।

सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथ संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ । म्यान्मारमा उठेको प्रदर्शनमा पछिल्लो समय सेनाले गरेको ज्यादतीको विश्वभरबाट आलोचना हुँदैआएको छ । साथै विभिन्न देशमा म्यानमारको सेनाको विरोध समेत गरिएको छ ।

प्रदर्शनमा गोली लागी १३८ जना मारिए

चार करोडको अदुवा निकासी

प्रदर्शनमा गोली लागी १३८ जना मारिए

ओखलढुंगाको चिशंखुगढीमा आ’गलागी !

Leave a comment

Your email address will not be published. Required fields are marked *