चार करोडको अदुवा निकासी

सल्यान,४ चैत ।
सल्यानबाट चालु आर्थिक वर्षमा चार करोडको बुर्नी अदुवा निकासी भएको छ । कृषि विकास कार्यालयका अनुसार ८२५ मेट्रिक टन अदुवा उत्पादन भएको छ । बेमौसमी उत्पादन भएकाले किसानहरुले बुर्नी अदुवाले राम्रो मूल्य पाएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए । उत्पादित अदुवामध्ये पाँच मेट्रिक टन सल्यानमा नै खपत भएको र बाँकी ८२० मेट्रिक टन जिल्लाबाहिर निकासी भएको छ । जसबाट चार करोड एक लाख रुपैयाँ आम्दानी भएको छ। 
सल्यानमा गत आर्थिक वर्ष एक हजार ७२० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवा खेतीबाट २५ हजार ८०० मेट्रिक टन उत्पादन भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम तथा कृषि विकास कार्यालयकै विभिन्न ब्लक कार्यक्रममार्फत अदुवा खेतीतर्फ किसानहरुलाई आकर्षित गर्ने कार्यक्रम गरी रहेता पनि मुल्यको उचारचढावका कारण किसान निरुत्साहित हुँदै गइरहेका छन् ।






