जुका मर्दै गएपछि लिच थेरापी प्रभावित

तनहुँ । जुकालाई (लिच) चुसाएर उपचार गर्ने पद्धति प्रभावित भएको छ । उक्त विधि अपनाएर केही बिरामीको उपचार गरेपछि राम्रो प्रभाव देखिए पनि जुका मर्दै गएकाले प्रभावित भएको हो ।

गत वर्ष तनहुँमा सरुवा भएर आएको केही समयपछि भारतको मद्रासबाट पाँचवटा जुका तीन हजारका दरले किनेर उक्त विधिबाट उपचार थालिएको थियो । दमौलीको पानीमा अत्यधिक मात्रामा चुन मिसिएका कारण जुका मर्ने गरेकाले टिकाउन नसकिएको डा मण्डलले बताए ।

लिच थेरापी विधि नेपालको तुलनामा विदेशी मुलुकमा अझ बढी मात्रामा प्रयोगमा रहेको बताइएको छ । उक्त पद्धतिबाट निको भएका रोग पुनः बल्झिने सम्भावना कम हुने हुँदा प्रभावकारी देखिएको हो । एउटा जुकालाई बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि दश मिलिलिटर अशुद्ध रगत सेवन गराइन्छ ।

उनले भने, “एकजना बिरामीको बढीमा सात पटकसम्म रगत चुस्न लगाइन्छ ।”लिच थेरापीका माध्यमबाट तालु खुइलिने, मधुमेहका घाउ, हाइपरटेन्सन थ्रम्बोसिसलगायतका रोगको उपचार गर्न सकिन्छ ।

जुकाको ¥यालमा १०० भन्दा बढी यस्ता तत्व हुन्छन् जसले रगतलाई शुद्ध र पातलो बनाउने काम गर्छ । जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुनसमेत सहयोग पु¥याउँछ ।रासस

जुका मर्दै गएपछि लिच थेरापी प्रभावित

अझै एक साता मनसुन सक्रिय हुने

जुका मर्दै गएपछि लिच थेरापी प्रभावित

हुम्लामा यार्सा गुम्बासहित एक व्यक्ति पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *