बाँकेका कोरोनाबाट थप ८ जनाको मृत्यु

बाँके : कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप ८ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार शान्तिनगर गाउँपालिका–५ दाङका ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ।

वैशाख २१ गते एन्टिजेन विधिबाट पिसिआर परीक्षण गर्दा उनमा कोभिड पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या भएपछि हिजो बिहीवार भेरी अस्पतालमा भर्ना भई उपचार सुरु गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा उनको शुक्रबार बिहान १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै, मेडिकल कलेज नेपालगन्जमा खजुरा गाउँपालिका–२ बाँकेका ५३ वर्षिया महिलाको समेत कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। वैशाख १८ गते स्वास्थ्य समस्या आएपछि मेडिकल कलेजमा भर्ना भएका उनमा १९ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा उनको बिहान १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

यस्तै, मृत्यु हुनेहरुमा कुमाख गाउँपालिका–१ सल्यानका ६७ वर्षीया महिला, मधुवन नगरपालिका–६ बर्दियाका ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँकेका ३५ वर्षीया महिला, खजुरा गाउँपालिका–३ बाँकेका ७५ वर्षीया महिला छन्।

त्यस्तै भेरी अस्पतालमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका–५ बाँकेका ६१ वर्षीया महिला र मेडिकल कजेजमा कोहलपुर नगरपालिका–२ बाँकेका २८ वर्षीय पुरुषको समेत कोभिडकै कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका १६८ जना र जिल्लाकै २२३ जनाको मृत्यु भइसकेको छ।

बाँकेका कोरोनाबाट थप ८ जनाको मृत्यु

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्री

बाँकेका कोरोनाबाट थप ८ जनाको मृत्यु

ओली र नेपालबीच आज साँझ पनि भेटवार्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *