स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैससहरु तयार

काठमाडौं । नेपालमा कोरोनाको दोस्रो भेरिएन्टको सङ्क्रमणबाट स्वास्थ्यसम्बन्धी उपकरणको अभावका कारण जनजीवन नराम्ररी प्रभावित भएपछि नेपाल सरकारको आव्हानअनुसार जर्मनीमा कार्यरत विभिन्न गैरसरकारी संस्था (गैसस) हरुले आवश्यक सहयोग गर्ने तत्परता देखाएका छन् ।

जर्मन नेपाल मैत्री सङ्घको संयोजनमा एनजिओ फोरम नेपालले आज आयोजना गरेको वेबिनारमा सहभागी झण्डै ६० वटा गैससले मानवीय सहयोगअन्र्तगत नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु उपलब्ध गराउने निर्णय गरेका हुन् ।

कार्यक्रममा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खडकाले कोरोनाको बढ्दो सङ्क्रमणका कारण अस्पताललगायत स्वास्थ्य संस्थाहरुमा आवश्यक पिसिआर परीक्षण सामग्री, एन्टिजेन सामग्री, भ्यान्टिलेटर, आइसियू शय्या, पोर्टेबल डिजिटल एक्स रे, थर्मल गन, अक्सिनेटर, पिपिई लगायतका उपकरण र सामग्रीहरुको अभाव हुँदा उपचारमा समस्या आएको बताए ।

उनले यस्तो विपद्को अवस्थामा आवश्यक सहयोग गरिदिन नेपाल सरकारले सबै मित्र राष्ट्र तथा दातृसंस्थाहरुसँग आग्रह गरेको उल्लेख गर्दै जर्मनीमा कार्यरत संस्थाहरूबाट पनि विगतमा जस्तै यसपटक पनि सहयोग रहने विश्वास व्यक्त गरे । राजदूत खडकाले जर्मनीबाट उपलब्ध हुने सहयोगलाई नेपाल सरकारले विमानस्थलमा आवश्यक समन्वय गर्ने र सम्बन्धित निकायलाई उपलब्ध गराइने बताए ।

स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैससहरु तयार

कार किन्नका लागि आमा–बाबुले बच्चा बेचे

स्वास्थ्य उपकरणमा सहयोग गर्न जर्मनीका गैससहरु तयार

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *