२०८२ चैत्र ५ गते
×

Now Playing

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

एजेन्सी ।  इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित निकालेको छ । शीर्ष चार स्थानको होडमा रहेको लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४-२ गोल अन्तरले हरायो ।

लिभरपुलको जितमा रोबेर्टो फिर्मिनोले २ गोल गरेका थिए भने मोहमद सलाह र डिओगो जोटाले एक एक गोल गरे। म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र मार्कस राशफोर्डले एक एक गोल गरे।

जितपछि लिभरपुल लिगमा पाँचौ स्थानमा उक्लिएको छ। ३५ खेलपछि लिभरपुलको ६० अंक भएको छ। म्यानचेस्टर युनाइटेडको ३६ खेलमा ७० अंक रहेको छ भने लेस्टर सिटीको ३६ खेलमा ६६ र चेल्सीको ३६ खेलमा ६४ अंक रहेको छ। त्यस्तै वेस्टह्याम युनाइटेडको ३५ खेलमा ५८ अंक रहेको छ ।

यस सिजनको उपाधि जितिसकेको म्यानचेस्टर सिटीको भने ३५ खेलमा ८० अंक रहेको छ।

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

मन्त्रिपरिषद्मा पुरानै अनुहारलाई निरन्तरता दिँदै ओली

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

इस्तानबुलबाट पोर्टो सर्‍यो च्याम्पियन्स लिग फाइनल, १२

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds