घुयँत्राे:“१० वर्षे युद्धले नसकेको काम, जेनजीको २ दिने ‘भदौरे क्रान्ति’ले साफ!”

प्रचण्डले सेनै खडा गरेर १० बर्षे युध्द चलाउँदा ध्वस्त गर्न नसकेकाे देशकाे सम्पति जेनजीले २ दिने भदाैरे युध्दमै सखाप गर्दिए । त्यति मात्र हाे र सेना खडागरेर रातारात पुलिस र ब्यारेक हान्दानि युध्द जित्न १२ बर्ष लाग्या याे देशाँ प्रचण्ड कै अनुसार १७ हजार मान्छे मर्दानि माओवादि युध्दले तख्ता पलट गर्न सकेन । तर, जेनजीहरले २ दिनकै आन्दोलनाँ वलि सरकारकाे तख्दा पलट गरेर गैरदलीय सरकारै गठन गर्ने बनाई दियाे । सरकारी भबनमा मात्रै पुग नपुग ८५ अरबकाे क्षति पुर्याकाे जेनजीले अब ती भबन पुरानै अबस्थाँ कैले उठलान , उठलानकि नउठलान यसै भन्ने स्थिति छैन ।
यद्पी सरकारले निर्माण कार्य शुरु गर्ने कुरा उठाई रहेका छन तर नेपालका ठेकेदारहरुले कामै नगरि दिएर अलपत्रै छाेडि दिने भएकाले स्वदेशि ठेकेदारहरुबाट निर्माण गराउन सम्भब छैन । अर्कोतिर निर्वाचन पछि बनेकाे जेनजी सरकारले ऐले वर्तमानकाे सरकारले निर्माण गर्ने गरि काम अघि बढाउन थालेकाे त छ तर जेनजी सरकारले त्यसैलाई अघि बढाउन चाहन्छ चाहँदैन त्याे अनिश्चित नै छ । सरकारी सम्पतिसितै ध्वस्त भएकाे निजि सम्पतिकाे क्षतिपूर्ति दिने नदिने अहिलेसम्म टुङ्गो छैन । विचरा राजनीति गरेकै कारण जेनजीले छानिछानि नेताहरका घरमा आगाेलगाए र नेताका सम्पतिजति ठाउँकाे ठाउँ ध्वस्त भए ईभन आगलागी हुन नदिन र सम्पति जाेगाउन सक्ने अबस्था हुँदा हुँदै पनि जनताकाे सुरक्षा गर्न बसेकाे सुरक्षा निकाय दनदनि दन्कियका आगाेकाे मुस्लोहरु हेरेर बस्याे तर ती बिध्वंसकारीहरुलाई राेक्न पर्यत्नै गरेन । उता चुनाबमा पनि जजस्का सम्पति जलेका थिए कसैले पनि चुनाब जितेन विचराहरु चुनाबमा जेनजीहरुबाटै बढारिए । कतिले त साेचेका हुँदा हुन चुनाबमा आफ्नै सरकार आउँछ र त्यसपछि क्षतिपूर्ति लिने मात्रै हैन कि सम्पतिजल्दा हेरेर बस्ने ती सेनापुलिस र प्रशासकलाई पनि हिसाब किताब गराैँला भन्ने साेचेका हुँदाहुन तर जनताले ती कसैलाई नि नचुनेछि बिचराहरका चाहना चाहनामै सिमित रहने भए । अहिलेकाे चुनाब पछि सरकार बनाउन लागेकाे पाटिकाे कुरा सुन्दा र यिनिहरुले चुनाबका बेला बाचा गरेकाे प्रतिज्ञापत्र हेर्ने हाे भने अबकाे दुई दशक याे देशमा अन्य कुनै पाटिले चुनाब जित्दैन जस्तो देखिन्छ । त्यसैले संविधान संसाेधनका लागि काँग्रेसले नि जेनजीकाे सरकारलाई साथ दिएमा भाेलिका दिनमा जनताबाट नलखेटिन सक्दछ । त्यसैले रास्वपा र काँग्रेस मिलेरै जाँदा उसकाे खैरियत हुन सक्दछ । अन्यथा संविधान संसाेधन गर्न राष्ट्रिय सभामा काँग्रेस नै बाधक बन्याे भने आउने स्थानीय चुनाबदेखि अर्को संसदिय चुनाबमा समेत काँग्रेसलाई फेरि पनि जनताले लखेटन छाेडने छैनन । देशकै पहिलाे र विपिकाे पाटि भनेर धाक लाएर खाईरहने दिन उनिहरुले नै गरेकाे भष्टाचारले बगाएर लग्याे र जनताले यसरी नाङ्गै बनाउनुमा हामी आँफै दाेषिछम अब देश बनाउने कुरा पुरानाे पाटिकाे राग अलापेर हैन कि कानुन र संविधान सुरक्षा र प्रशासन जहाँजहा समस्याछ त्यसलाई पन्छाएर जान सहयाेगि बन्नु पर्छ भनेर निसर्त सरकारलाई सहयाेग गर्याे भने केही प्रगति हाेला र जनताले मायाँ देखाउलान अन्यथा याे पटककाे चुनाबमा बचेखुचेकाे पनि अर्को चुनाबमा नाम निसानै नरहेर सर्लक्कै भएर जान सक्छ । त्यसैले जसरि ३८ से काँग्रेस बनाएर बखानसिं गुरुङ (बखान बा ) केही बर्षपछि रुख त के याैटा पातै समेत नभेटिने गरि सिध्यीयझैँ । याे पटक पनि गगनका नाममा ३८ से बन्या काँग्रेस अर्काे पटककाे चुनाबाँ रुखकाे त के कुरा पातै नभेटिने भएर सक्किन बेर लाउन्न । त्यसैले हाेस गरम्है साथीहाे जेनजीकाे सरकार डेन्जरछ । याे पटककाे चुनाब भष्टाचारले सिध्यायाे अनि अर्को पटककाे चुनाब राष्ट्रिय सभाका सांसद र असहयाेगी भूमिकाले सिध्याउला हाेस गरेर राजनिति गरम् ।






