काँग्रेसले दुई मन्त्रालय मागेपछि मुख्यमन्त्रीलाई संकट

सुर्खेत । नेपाली काँग्रेसले दुई मन्त्रालय मागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संकट परेको छ । सरकारमा सहभागी हुनका लागि काँग्रेसले दुई मन्त्रालय मागेपछि मुख्यमन्त्री संकटमा परेका हुन् ।

बुधबार मात्रै मन्त्रालय टुक्राएर आठ मन्त्रालय बनाएका मुख्यमन्त्रीले ६ मन्त्रीहरु नियुक्त गरिसकेका छन् । अब एउटा मात्रै मन्त्रालय बाँकी छ । बैशाख ३ गते मुख्यमन्त्रीलाई विश्वासको मत दिएको काँग्रेस हालसम्म सरकारमा सहभागी भएको छैन । काँग्रेसले भने सम्मानजनक पद नपाएका कारण सरकारमा सहभागी नभएको बताएको छ ।

‘काँग्रेसले विश्वासको मत दिएर सरकार जोगायो तर माओवादीले त्यसको गुण तिर्न सकेन’ नेपाली काँग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले भने, ‘सम्मानजनक पद नपाएका कारण हामी सरकारमा गएनौँ ।’ मुख्यमन्त्रीले छिट्टै काँग्रेस सरकारमा सहभागी हुने परिस्थिति नबनाए विकल्प खोज्न बाध्य हुने उनले बताए ।

‘काँग्रेस सधै प्रतिपक्षमा बस्नका लागि आएको होइन’ उनले थपे, ‘सरकारमा सहभागी हुने वातावरण भएन भने कर्णालीमा नयाँ सरकार बन्छ ।’ काँग्रेसको असन्तुष्टिपछि बुधबार नियुक्त भएका मन्त्रीहरुको शपथ पनि रोकिएको छ ।

काँग्रेसले दुई मन्त्रालय मागेपछि मुख्यमन्त्रीलाई संकट

कार्टुन : ठाकुर निवास

Leave a comment

Your email address will not be published. Required fields are marked *