हिमालयन र इन्भेष्टमेन्ट गाभिएर बन्यो ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा मर्जरमा जानका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। मर्जरसँगै बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक लि.’ हुनेभएको छ।

बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतमले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बैकको संचालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा अशोक शमसेर राणा रहने सहमति भएको बताइएको छ। त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३- ३ जना र एकजना स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति राख्ने सहमति भएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक तथा हिमालयन बैंक मर्जर हुँदा देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने भएको छ। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १६ अर्ब २६ करोड रहेको छ भने हिमालयन बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड रहेको छ। यी दुबै बैंक मर्जर पश्चात चुक्ता पूँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ।

यसैगरी जगेडा कोषमा पनि सबैभन्दा बढी रकम हुने छ। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा तथा कोष १४ अर्ब १० करोड रुपैयाँ छ भने हिमालयन बैंकको ७ अर्ब ६७ करोड रुपैयाँ छ। यसैगरी निक्षेप तथा कर्जा लगानीको आधारमा पनि यो बैंक अरु भन्दा ठूलो बन्ने छ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको १६८.२९ अर्ब र हिमालयन बैंकको १४३.७० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने इन्भेष्टमेन्ट बैंकको १६०.९८ अर्ब र हिमालयन बैंकको १२७.१४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताइएको छ।

हिमालयन र इन्भेष्टमेन्ट गाभिएर बन्यो ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’

टेलिकमको लकडाउन अफर : ३९ रुपैयाँमा अनलिमिटेड

हिमालयन र इन्भेष्टमेन्ट गाभिएर बन्यो ‘हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंक’

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड

Leave a comment

Your email address will not be published. Required fields are marked *