संक्रमित सर्केगाड स्वास्थ्य संयोजकलाई हेलिकोप्टरबाट जुम्ला लगिदैं

सिमकोट । नोवेल कोरोना भाइरसबाट संक्रमित सर्केगाड गाउँपालिका स्वास्थ्य संयोजक सन्तोष धामीलाई श्वाश–प्रश्वाशमा समस्या भएपछि हेलिकोप्टरमार्फत जुम्ला लिन लागिएको छ ।
बिहिबार वेलुका देखि जिल्ला अस्पतालमा राखिएको संयोजक धामीको स्वाश–प्रश्वाश ५० मा झरेपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमा लिन लागिएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेृमबहादुर सिंहले जानकारी दिए ।
‘धामीको श्वाश–प्रश्वाशको अवस्था निकै संकटग्रस्थ छ’ धामीले भने, ‘जिल्ला अस्पतालको व्यवस्थाले संभव नहुने भएपछि हेलिकोप्टरमा अहले जुम्ला पठाउने तयारी भैरहेको छ ।’ हेलिकोप्टर बोलाउन सबै पत्राचार गरेको उल्लेख गरेका सिंहका अनुसार धामीलाई रानीवन आइसुलेसनबाट बिहिबार जिल्ला अस्पतालमा सारिएको थियो ।
सर्केगाड गाउँपालिकाका लागि एन्टिजेन किट र अन्य स्वास्थ्य सामाग्री लिन सिमकोट आएका धामीलाई मंगलबार गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको थियो ।






