आँखाको उपचारको लागि सहयोग गरिदिन अपील

सुर्खेत । जिल्लाको बराहताल गाउँपालिका ८ ग्वलेकाडा भक्तबहादुर कामीको आँखाको उपचारको लागि सहयोगको अपिल गरिएको छ ।

पुर्णबहादुर कामीका १५ बर्षिय छोरा यहिँ बैषाख २३ गते आफ्नै घरमा कामगर्ने शिलसिलामा आखामा ढुङ्गा परेर आँखा फुटेको हुदाँ उपचारका समस्या भएको हो । उनका बुबा पुर्णबहादुरका अनुसार उपचार काठमाडौ तिलगंगा आँखा अस्पतालमा गर्नुपर्ने र उपचार गर्न पैसा नभएको भन्दैँ छोराको उपचारको लागि सहयोग मागेका छन् ।

उनको परिवारिक आर्थिक अवस्था एकदमै नाजुक भएका कराण उपचारका लागि सबै सामु सहयोगको अपेक्षा गरेका छन् । छोराको आँखामा चोट लागेको आज ८ दिन बितिसक्दा पनि आर्थिक जुटाउँन् नसक्दा उपचारको लागि काठमाडौं लग्न नसेको बुबा पुर्णबहादुरको भनाइ रहेको छ ।

बुबा पुर्णबहादुरका अनुसार उनको छोराको आँखाको उपचारको लागि खर्च करिब तीन लाख जति लाग्ने अनुमान गरिएको छ । बुबा पुर्णबहादुर भने ‘हामी सँग कति पनि पैसा छैन कसरी उपचार गर्न लैजाउ ।’ ‘फेरिपनी देश विदेशमा रहने सहयोगि मनहरुलाइ यो सानो बाबुको स्वास्थ्य रक्षाकालागि सबैले सहयोग गर्नुहुनेछ भन्ने धेरै ठूलो आसा, अपेक्षा राखेको छु ।’

उनलाइ सहयोेग गर्न चाहाने इच्छुक व्यक्तीहरुले स्थानीय बिबश कठायतकाे  माेबाइल नम्बर ९८५८०५१०८२ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

आँखाको उपचारको लागि सहयोग गरिदिन अपील

जनताले माफी गर्दैनन्

Leave a comment

Your email address will not be published. Required fields are marked *