बसको ठक्करबाट सल्यानमा एक जनाको मृत्यु

सल्यान, २९ पुस ।

यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा सल्यानमा एकजनाको मृत्यु भएको छ। शारदा नगरपालिका–६ बरला बजार नजिकै मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शारदा–६ बरलाका ३० वर्षीय वीरेन्द्र भण्डारीको मृत्यु भएको हो।

ढोरचौरबाट श्रीनगर आउँदै गरेको ना ३ ख ९६४३ न को बसले श्रीनगरबाट बरला जाँदै गरेको रा ३ प ८७६७ न मोटरसाइललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण ओलीले जानकारी दिए। दुर्घटनामा घाइते भण्डारीको सल्यान जिल्ला अस्पताल खलंगामा उपचारको क्रममा मृत्यु भएको ओलीको भनाइ छ। ठक्कर दिने बस नियन्त्रण रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट सल्यानमा एक जनाको मृत्यु

YUGAAWHAN NATIONAL DAILY (2077-09-29)

बसको ठक्करबाट सल्यानमा एक जनाको मृत्यु

मुक्तक संग्रह विमोचन

Leave a comment

Your email address will not be published. Required fields are marked *