प्रगतिशील द्वारा डा. मगराती सम्मानित

सुर्खेत, २७ भाद्र ।
नेपाल प्रगतिशिल प्राध्यापक सङ्गठन क्याम्पस एकाइ समिती सुर्खेत क्याम्पस (शिक्षा) द्वारा हालै cultural representation oa Dalits in Nepali literary writings शिर्षकको शोध प्रबन्ध (Dissertation) मा विद्धावारिधी (पि.एच.डि.) उपाधी हासिल गर्नु भएको सङ्गठनका केन्द्रीय सदस्य समेत रहनुभएका श्यामलाल मगरातीलाइ दोसल्ला ओढाएर सम्मान -पत्र सहित सम्मान गरिएको छ ।

शिक्षा क्याम्पस एकाइ अध्यक्ष दीपेन्द्रकुमार खत्रीको अध्यक्षता र सङ्गठनका केन्द्रीय सदस्य एवंम कर्णाली प्रदेशका संयोजक सहप्राध्यापक डा. हर्क बहादुर शाहिको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा डा. दिपक गौतम, महेशदत्त भट्ट, डम्बरबहादुर खत्री, बलभद्र भारती लगायतले बधाइ तथा शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।कार्यक्रमको सहजिकरण सङ्गठन एकाइका सचिव थानेश्वर लामिछानेले गर्नुभएकाे थियाे ।







