‘ओली सरकारले हनुमान मात्रै देख्यो, नयाँ सरकारले कुलमान मात्रै’

काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले शेरबहादुरर देउवा नेतृत्वको गठबन्धन सरकारले कुलमान (कुलमान घिसिङ) मात्रै देखेको टिप्पणी गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महतले भने, ‘पुरानो सरकारले हनुमान मात्रै देख्यो, नयाँ सरकारले कुलमान मात्रै देख्यो। पहिलेको सरकारले हनुमानबाहेक अरु देखेन। यो सरकारले कुलमान बाहेक अरु नदेख्ने?’

कुलमान र हनुमानलाई दाँजेको होइन भन्दै उनले कुलमानको विकल्प अरु किन हुन सक्दैन?भनेर प्रश्न गरेका छन्। ‘कुलमान जाँदा विद्युत प्राधिकरणमा राम्रो काम भएको छ। मैले नराम्रो भन्न खोजेको होइन।’

उनले भने, ‘तर, हनुमानले त कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई धुजा धुजा बनाइहाले। ५ महिनाको तलब हाजिर नपाएका कर्मचारीलाई खुवाइरहेको छ अहिले।’ विद्युत प्राधिकरण मात्रै नभएर नेपाल एयरलायन्स डुबेको बताउँदै प्रश्न गर्दै भने, ‘कुलमान बुढो भएपछि सकारले के गर्छ त?’ ​

‘ओली सरकारले हनुमान मात्रै देख्यो, नयाँ सरकारले कुलमान मात्रै’

४२ सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि लुम्बिनीका

‘ओली सरकारले हनुमान मात्रै देख्यो, नयाँ सरकारले कुलमान मात्रै’

अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय, काम

Leave a comment

Your email address will not be published. Required fields are marked *