आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सको विजयी सुरुवात

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा सनराइजर्स हैदरावादमाथि शानदार जित निकाल्दै कोलकाताले लिगमा उत्कृष्ट सुरुवात गरेको हो ।
एमए चिदमबर्मा स्टेडियमा कोलकाताले दिएको १८८ रनको लक्ष्य हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि मनिस पान्ड्या र जोनी बेरिस्टोले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका मनिसले २ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाए। त्यस्तै ४० बल खेलेका बेरिस्टोले ५ चौका र ३ छक्का प्रहार गरे ।

बलिङतर्फ कोलकाताका लागि प्रशिद्ध कृष्णले दुई विकेट लिए। त्यस्तै शाकिब अल हसन, प्याट कमिन्स र आन्द्रे रशेलले समान एक–एक विकेट लिए । यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।
कोलकाताका लागि नितेस रानाले ८० रनको पारी खेले। ५६ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै राहुल तिपाठीले ५३ रनको अर्धशतकीय पारी खेले । २९ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै दिनेश कार्तिकले २२ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि राशिद खान र मोहमद नावीले समान दुई–दुई विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार र थनगार्सु नटराजनले एक–एक विकेट लिए । जितसँगै कोलकाताले जारी लिगमा एक खेलबाट २ अंक जोडेको छ ।






