उद्योग विधेयकमाथी छलफल

सुर्खेत । स्थानीय उद्योग दर्ता विधेयक २०७७ माथि छलफल गरिएको छ । छलफलका सहभागीहरुले स्थानीय उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमन सम्बन्धि विधेयक सहज बनाउनुपर्ने बताएका थिए ।

दएशिया फाउण्डेशन, उपभोक्ता हित सरक्षण मञ्च नेपालको प्राविधिक सहयोग र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको आयोजनामा गरेको कार्यक्रममा अधिवक्ता तथा उपभोक्ता हित सरक्षण मञ्च नेपालका कर्णाली प्रदेश प्रमुख तथा केन्द्रीय महासचिव बिष्णुप्रसाद तिमिल्सेनाले सहजिकरण गरेका थिए ।






