पौडेल पक्षले देउवामाथि गलत प्रचार गरे : महत

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवामाथि गलत सन्देश दिनेगरी प्रचार गरेको भन्दै आपत्ति जनाएका छन्।

पार्टी सभापति देउवा सधैं पदमा रहिरहन खोजेको सन्देश दिनेगरी बाहिर प्रचारबाजी गरिएकोप्रति उनले आपत्ति जनाएका हुन्।

बुधबार विश्व आदिवासी दिवसको अवसर पारेर पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै सह-महामन्त्री महतले भने, ‘मैले नबुझेको, भित्र एउटा बहस हुने तर बाहिर पार्टी सभापति सोही पदमा बसिरहन खोजेको भन्नेजस्तो गलत सन्देश जाने खालका प्रचार भईरहेको छ। यो दुर्भाग्यपूर्ण कुरा हो।’

सह-महामन्त्री महतले पुरानै प्रतिनिधिबाट महाधिवेशन गर्ने कुरा कसरी वैधानिक हुन्छ? भनि पौडेल पक्षलाई प्रश्न गरे। पुरानो प्रतिनिधिबाट पार्टीको केन्द्रिय कार्य समिति चयन गरौं भन्ने पौडेल पक्षको प्रस्ताव आफैंमा वैधानिक नहुने उनको तर्क थियो।

पौडेल पक्षले देउवामाथि गलत प्रचार गरे : महत

कार्टुन

पौडेल पक्षले देउवामाथि गलत प्रचार गरे : महत

लेबनानका आधाभन्दा बढी प्रवासी कामदार सहयोग कुर्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *