भेरी–बबई आयोजना अगाडि बढ्न नदिने चेतावनी

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना प्रभावितले आयोजना अगाडि बढ्न नदिने चेतावनी दिएका छ । आयोजनाबाट बढी प्रभावित हुने भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हुन् ।

आयोजना शिलान्यासका क्रममा भएको सहमति कार्यान्वयन नभएको भन्दै आयोजना अगाडि बढ्ने नदिने चेतावनी दिएका हुन् । सहमति अनुसार प्रभावित क्षेत्रमा पर्ने घोरेटादेखि घाटगाउँसम्मको एकसय २५ किलोमिटरको दूरीमा सिंचाई, विद्युतीकरण, सडक पु¥याउनुका साथै अन्य सामाजिक क्षेत्रका कामहरु गर्ने उल्लेख थियो ।

जसका लागि चार अर्वको समपूरक आयोजनाका रुपमा भेरी करिडोर आयोजना अघि सारिएको थियो । तर आयोजनाले सहमति अनुसार काम नगरेको भन्दै स्थानीयले अब आयोजना अगाडि बढ्न नदिने चेतावनी दिएका हुन् । प्रभावितहरुले अब सहमति कार्यान्वयनका लागि आयोजना र नेपाल सरकारलाई एक पटक ध्यानाकर्षण गराउने तर सहमित कार्यान्वयन गर्ने सुनिश्चित नभए आयोजना अगाडि बढ्न नदिने निर्णय गरेका हुन् ।

‘स्रोत क्षेत्रका जनताका प्रतिनिधि भएका नाताले यहाँका जनताले उठाएका मागहरु सम्बोधन गर्नका लागि जनसरोकार समिति गठन गरेका छौं,’ गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले भने, ‘प्रधानमन्त्री र सरोकारवालालाई सुरुमा जनताका मागहरुका विषयमा जानकारी गराउँछौं, सम्बोधन नभए आयोजनाको काम अघि बढ्न दिँदैनौं ।’

उनले पटक–पटक प्रधानमन्त्री, उर्जा तथा जलस्रोत मन्त्री र सरोकारवालाहरुलाई यस विषयमा जानकारी गराउँदा, मागपत्र राख्दा पनि सुनुवाई नभएकाले जनप्रतिनिधिनै संघर्षमा उत्रनुपर्ने अवस्था आएको बताए ।

‘विद्युत उत्पादन भएपछि प्रभावित क्षेत्रका जनताले के पाउने भन्ने सुनिश्चितता छैन, जनताले क्षतिपूर्ति र मुआब्जा पाएका छैनन्,’ उनले भने, ‘जनताका प्रतिनिधिका हैसियतले सरोकार समिति गठन गरेरै आन्दोलनको तयारी थालेका छौं ।’ उनले एक पटक प्रधानमन्त्री र सरोकारवालाहरुलाई प्रभावित क्षेत्रका जनताकातर्फबाट मागपत्रहरु पेश गर्ने र त्यो कार्यान्वयन नभए आयोजनाको काम अघि बढ्न नदिने गरेर आन्दोलन गर्ने चेतावनी दिए ।

यस्तै भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दले आयोजना उद्घाटनका क्रममा भएका प्रतिवद्धता पुरा हुनुपर्ने बताए । लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले राष्ट्रिय गौरवको आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाले पनि गौरव गर्ने खालको वातावरण बन्नुपर्ने बताए ।

भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिंचाई गर्ने र सोही आयोजनाबाट ४८ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यले आयोजना निर्माण भइरहेको छ ।

भेरी–बबई आयोजना अगाडि बढ्न नदिने चेतावनी

घुँत्रयाे : हैन ! कर्नालीमा पहिलाकी कृषि

भेरी–बबई आयोजना अगाडि बढ्न नदिने चेतावनी

नार्ककै मकैको बीउमा घोगा लागेन, फाँडेर पशुचौपायालाई

Leave a comment

Your email address will not be published. Required fields are marked *