सिम्ता गाउँपालिका वजेट कार्यान्वयनमा जुट्याे

दुर्गा विसि/भाद्र २२, सल्लीबजार ।

सुर्खेतको जिल्ला भरकाे स्थानीय तहमै वजेट कार्यनयनमा पहिलो वनेकाे सिम्ता गाउँपालिका फाल्गुन भित्र वजेट कार्यनयन हुने गरि कामलाई तिव्रता पारेको छ ।केही ठुला अायाेजना वाहेक सबै काम फाल्गुन महिना भित्र सकिन्ने लक्ष्यसाथ कार्यालयको अान्तरिक कामकाजलाई अघि वढाएको प्रमुख प्रशासकिय अधिकृत टाेपवहादुर रानाको भनाइ रहेको छ ।

करिव १५ करोड वरावरकाे वजेट विकास खर्चतर्फ विनियोजन भएकोले वजेट इन्ट्रीको काममा यतिखेर लेखा अधिकृत भुपेन्द्र भण्डारी व्यस्त रहेका वताउँछन ।भाद्र २५ पछि याेजना सम्झौताका काम अघि वढाइने भण्डारीकाे भनाइ रहेको छ ।वजेट कार्यनयनमा यो वर्ष मात्रै उपयुुक्त समयमै ताकेता नभएको र वर्षेनि गाउँपालिकाकाे निति तथा याेजना अनुरुप ठिक समयमा काम सम्पन्न हुने गरि कामकाज अघि वढ्ने गरेको उनको भनाइ छ ।

सिम्ता गाउँपालिका वजेट कार्यनयन गर्ने स्थानीय तहमै पहिलो वनेकाे छ ।अर्को तर्फ विरुजु फर्च्योट गर्ने कुरामा पनि सिम्ता गाउँपालिका अग्रपंक्तिमा रहेको जनाएको छ ।स्थानीय तहमा संघ र प्रदेशले जतिसक्दो चाँडै पुर्ण वजेट नछाेड्दा आर्थिक वर्ष कुर्नुपर्ने अवस्था रहेको गुनासो छ ।मुख्यमन्त्री तथा प्रधानमन्त्री स्वराेजगार कार्यक्रमको वजेट अन्य स्थानीय तहले अन्तिममा अायाेकाे भन्दै कार्यनयन नगरि फिर्ता पठाए तर सिम्ता गाउँपालिकाले सबै काम सम्पन्न गरेको थियोे ।

उक्त कार्यक्रम राम्रो भएको भन्दै याे अावमा गाउँपालिकाले अध्यक्ष राेजगार कार्यक्रम लागू गर्दैछ । वजेट कार्यनयनको दिशामा गाउँपालिका सन्तोषजनक रहेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले जानकारी दिए । केही ठुला याेजनाहरु वाहेक स साना याेजनाहरु असौज अगावै सुरु हुने जनाएको छ । उपयुुक्त समयमै गाउँ सभा सम्पन्न गरेको गाउँपालिका यतिखेर वजेट इन्ट्रीको काममा जुटेको छ ।

सिम्ता गाउँपालिका वजेट कार्यान्वयनमा जुट्याे

YUGAAWHAN NATIONAL DAILY (2078-05-21)

सिम्ता गाउँपालिका वजेट कार्यान्वयनमा जुट्याे

शान्दार मःम को २६ औंँ शाखा सुर्खेतमा

Leave a comment

Your email address will not be published. Required fields are marked *