गणेशको जन्मदिन, क्याम्पसमा १४ हजार छात्रवृत्तिको स्थापना

सुर्खेत । आफ्नो जन्मदिनको अवसरमा अनेरास्ववियू का विद्यार्थी नेता गणेशबहादुर शाहीले आफुनै क्यम्पसमा छात्रवृत्तिको स्थापना गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत क्याम्पस शिक्षामा गत सालबाट भर्ना भएका पर्थम बर्षमा अध्ययानरत उत्कृष्ट दुइजना विद्यार्थीलाइ छात्रवृत्ति दिने निणर्य गरेका हुन ।

अनेरास्ववियू केन्द्रिय सदस्य, सुर्खेत जिल्ला सह–सयोजक तथा सुर्खेत क्याम्पस शिक्षाका स्ववियू सह–सचिव समेत रहेका शाहीले जन्मदिनको विशेष अवसरमा अनाआवश्यक बाहिर खर्च गरेर पैसा सक्नु भन्दाँ आफ्नो क्याम्पसका विद्यार्थीको पढाइमा खर्च गर्न उपयुक्त रहेको बताए ।

 

शाहीले भने ‘गत सालबाट भर्ना भएका प्रथम बर्षमा अध्ययानरत र फाइनल परिक्षामा उत्कृष्ट एक छात्र र छात्रा गरि दुइ जना विद्यार्थीलाइ छात्रवृत्ति प्रधान गरिने छ ।’ उनले थपे ‘प्रत्येक बर्ष प्रथम बर्षमा उत्कृष्ट हुने दुइजना सात/सात हजारका दरले १४ हजार को पुरस्कार दिइने छ भने उक्त पुरस्कार अनेरास्ववियू क्याम्पस कमिटिको मातहतमा रहनेछ ।’

गणेशको जन्मदिन, क्याम्पसमा १४ हजार छात्रवृत्तिको स्थापना

प्रचण्डको दावी र वास्तविकता ठिक विपरित, ओली

गणेशको जन्मदिन, क्याम्पसमा १४ हजार छात्रवृत्तिको स्थापना

YUGAAWHAN NATIONAL DAILY (2077-12-23)

Leave a comment

Your email address will not be published. Required fields are marked *