कोरोनाले रोकिएको फिल्म विच्छेदुको छायांकन सकियो

काठमाडौं : सत्यराज चौलागाईंको निर्देशनमा बन्दै गरेको फिल्म विच्छेदुको छायांकन सकिएको छ। मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्मको छायांकन शनिबार सकिएको हो।

०७६ चैतदेखि सुरु भएको फिल्मको छायांकन कोरोनाका कारण रोकिएको थियो। अवस्था अनुकुल भएसँगै छायांकन सुरु गरिएको फिल्मको अन्तिम सिन शनिबार रामेछापमा गरिएको थियो।

फिल्ममा मुकुन र लक्ष्मीबाहेक सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापालगायत कलाकारको अभिनय रहेको छ।

विच्छेदु राज पण्डित, सुवास राई र साबि बज्राचार्यको संयुक्त निर्माणमा बन्न लागेको हो। निर्देशक सत्यराजको यो दोस्रो फिल्म हो। यसअघि उनले अनुराग निर्देशन गरेका थिए। गाउँको परिवेशमा छायांकन भएको फिल्ममा सम्बन्धको कथा रहेको बताइएको छ।

कोरोनाले रोकिएको फिल्म विच्छेदुको छायांकन सकियो

कांग्रेसको कर्णाली सभापतिमा ललितजंग

Leave a comment

Your email address will not be published. Required fields are marked *