बेलायतमा कोरोनाबाट मृत्युदर फेरि बढ्यो

एजेन्सी । कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाइरस सङ्क्रमणबाट थप १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ।

यो मृत्यु गएको पाँच महिना यताकै सबैभन्दा बढी हो। यसअघि गएको मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको हो।

यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ। यहाँ अहिलेसम्म एक लाख २९ हजार ८८१ जनाको कोरोनाबाट मृत्यु भएको छ।

पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ। यसबाट सङ्क्रमणमा पनि वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्।

त्यसैगरी यहाँ गएको २४ घन्टामा २१ हजार ६९१ जना सङ्क्रमित भएका छन्। यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो।

यो समेत गरी बेलायतमा ५९ लाखभन्दा बढी मानिस यो भाइरसबाट सङ्क्रमित भएको समाचारमा जनाइएको छ।

बेलायतमा कोरोनाबाट मृत्युदर फेरि बढ्यो

लेबनान : पछिल्लो अवस्थाबारे संयुक्त राष्ट्रसंघको चिन्ता

बेलायतमा कोरोनाबाट मृत्युदर फेरि बढ्यो

यूएईले नेपाल र भारतसहित ६ देशका यात्रुमाथि

Leave a comment

Your email address will not be published. Required fields are marked *