नयाँ मन्त्रीहरूको सपथ बेलुकी ८ बजे हुने

काठमाडौं । नयाँ मन्त्रीहरूको सपथग्रहण आजै बेलुकी ८ बजे हुने भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ८ बजे सपथको तयारी गरिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका १० जना नयाँ मन्त्री नियुक्त गर्दैछन् । उनीहरुसँग आफ्नै पार्टीबाट पनि प्रधानमन्त्री ओलीले केही मन्त्री हेरफेर गर्न लागेका छन् ।

उनले शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री बनाउन लागेका छन् भने विष्णु पौडेल र रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेका छन् ।

आन्तरिक तयारीकै लागि नयाँ मन्त्रीहरुको सपथ सारिएको हो। यसअघि जसपाका मन्त्रीहरुलाई साँझ ६ बजे सपथग्रहणका लागि बोलाइएको थियो ।

नयाँ मन्त्रीहरूको सपथ बेलुकी ८ बजे हुने

एमालेका ४ जनाबाहेक सबै मन्त्री पदमुक्त

नयाँ मन्त्रीहरूको सपथ बेलुकी ८ बजे हुने

फिल्म क्षेत्रमा प्रवेश गर्दा यौन उत्पीडन भोगेकी

Leave a comment

Your email address will not be published. Required fields are marked *