कास्टिङ काउचको बिषयमा जरीनको खुलासा स् रिहर्सलको बहानामा किस गर्न खोजियो

एजेन्सी । अभिनेत्री जरीन खानले फिल्म अभिनय अगाडि रिहर्सलको बहानामा आफुलाई किस गर्ने कोसिस गरिएको बताएकी छन् ।

हालै एक अन्तवार्तामा उनले कास्टिङ काउचको अनुभव शेयर गर्दै यस्तो कुराको खुलासा गरेकी हुन् । उनले भनिन्– ‘कास्टिङ काउचबाट रिहर्सलको बहानामा मलाई किस गर्ने कोसिस गरिएको थियो ।’

उक्त व्यक्तिको नाम आफु अहिले नलिने बताएकी जरिले अगाडि थपिन्– ‘ती ब्यक्तिले मलाई भनेका थिए, तपाइँलाई थाहा छ, हामी एक किस सिन गर्दैछौ ।’ आफुले रिहर्सलको रुपमा केही पनि किसिङ सिन नगर्ने सो बेलामा बताएको उनले सुनाइन् ।

जरीन पछिल्लो समयका बलिउडकी चर्चित अभिनेत्री मध्येकी एक हुन् । उनी हमेसा आफ्नो फिट्नेसका कारणले समेत चर्चामा छाउने गर्छिन् । उनी आफ्नो बारेमा खुलेर बोल्ने अभिनेत्री पनि हुन् । २०१० को फिल्म ‘वीर’ मार्फत अभिनयमा डेब्यु गरेकी जरीन फिल्ममा सलमान खानको अपोजिट भूमिकामा थिइन् । त्यसपछि ‘हेट स्टोरी ३’, ‘हाउस फुल २’, ‘अक्सर २’ र ‘वजाह तुम हो’ लगायत फिल्म अभिनय गरेकी जरीन पछिल्लो समय फिल्म ‘हम भि अकेले, तुम भि अकेले’ मा देखिएकी थिइन् ।

कास्टिङ काउचको बिषयमा जरीनको खुलासा स्  रिहर्सलको बहानामा किस गर्न खोजियो

चाइनिज ताइपेईमाथि नेपालको शानदार जित

कास्टिङ काउचको बिषयमा जरीनको खुलासा स्  रिहर्सलको बहानामा किस गर्न खोजियो

चायाबाट छुटकारा पाउन अपनाउनुस् यी घरेलु उपाय

Leave a comment

Your email address will not be published. Required fields are marked *