चीनबाटै कोरोना फैलिएको आफ्नो दाबीमा दुश्मन पनि सहमत : ट्रम्प

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहानबाट नै कोरोना भाइरस फैलिएको आफ्नो दाबीमा अब हरेक देश तथा तथाकथित दुश्मनहरु पनि सहमत भएको बताएका छन्। उनले यस विषयमा आफू सही रहेको दाबीसमेत गरेका छन्।

चीनले विश्वभर मच्चाएको महामारीका कारण भएको क्षतिका लागि १० ट्रिलियन डलर क्षतिपूर्ति दिनुपर्ने ट्रम्पले बताएका छन्। ट्रम्पले सुरुवातदेखि नै यस भाइरसलाई चिनियाँ भाइरस, वुहान भाइरस भन्दै आएका थिए।

चीनले यसमा कडा आपत्ती जनाउँदै आएको थियो। उसले ट्रम्पको यस भनाइलाई नस्लवादी सोचको उपज भएको बताएको थियो। यस वर्षको सुरुवातमा विश्व स्वास्थ्य संगठनको एक टोली महामारीको तथ्य पत्ता लगाउन वुहान गएको थियो ।

उक्त टोलीले वुहानको ल्याबबाटै भाइरस लिक भएको हो भन्ने प्रमाणित गर्न पर्याप्त तथ्य फेला नपरेको बताएको थियो।

चीनबाटै कोरोना फैलिएको आफ्नो दाबीमा दुश्मन पनि सहमत : ट्रम्प

भिडियो कन्फ्रेन्समा विद्यार्थीलाई मोदीले सोधे : आइपिएल

चीनबाटै कोरोना फैलिएको आफ्नो दाबीमा दुश्मन पनि सहमत : ट्रम्प

चाइनिज ताइपेईमाथि नेपालको शानदार जित

Leave a comment

Your email address will not be published. Required fields are marked *