नागरिकता अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । सरकारले हालै जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको परेको मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलाशमा सुनुवाइ हुँदै छ ।

अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसहित अधिवक्ताहरु विष्णुकुमारी गिरी,रामबहादुर शाही,कुलबहादुर बोगटी,वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका तर्फबाट सो पार्टीका उपमहासचिव लक्ष्मण पोखरेलसमेतको ६ वटा रिट दायर भएको थियो ।

सो रिट उपर सुनुवाई गर्न प्रधानन्यायधीश चोलेन्द्रसमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। संसदमा विचाराधीन विधेयकलाई सरकारले मधेशी दललाई खुसी बनाउन अध्यादेश ल्याएको भन्दै आलोचना भइरहेकाे छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

नागरिकता अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

निषेधाज्ञामा बढ्यो सवारीको चहलपहल 

नागरिकता अध्यादेशविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

दाईको उत्प्रेरणापछि ब्यापारमा जमेका भरत

Leave a comment

Your email address will not be published. Required fields are marked *