२४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भए

बितेको २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन् । बितेको २४ घण्टामा १० हजार ९२० जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् ।

यस्तै हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

२४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भए

२० गतेदेखि उपत्यकामा भेडा च्याङ्ग्रा भित्रिने

२४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भए

YUGAAWHAN NATIONAL DAILY (2078-6-18)

Leave a comment

Your email address will not be published. Required fields are marked *