२० गतेदेखि उपत्यकामा भेडा च्याङ्ग्रा भित्रिने

काठमाडौं : काठमाडौं उपत्यकामा असोज २० गतेदेखि दशैँका लागि भेडा र च्याङ्ग्रा भित्रिने भएका छन्। चौपाया खरिदविक्री सेवा संघले मुस्ताङ लगायत हिमाली जिल्लाबाट उपत्यकामा ल्याउन अहिले ती चौपाया संकलन गरिरहेको जनाएको छ। संघका अध्यक्ष सन्तोष खत्रीले यो वर्षको दशैँका लागि तीन हजार भेडाच्याङ्ग्रा ल्याइने जानकारी दिए। उनका अनुसार खसीबोका भने उपत्यकामा अहिले भित्रिरहेका छन्।

‘दैनिक तीन हजार खसीबोका भने उपत्यकामा भित्रने गरेका छन्’‚ उनले भने, ‘आउँदो २५ गते बढी खसीबोका भित्रिनेछन्। त्यो दिन करिब २५ हजार खसीबोका उपत्यकामा ल्याइन्छन्।’ ​वीरगञ्ज, हेटौँडा, मुस्ताङ, पोखरा, दाङलगायत जिल्लाबाट खसीबोका ल्याइने उनको भनाइ छ।

च्याङ्ग्राको मासु तीन सयसम्म बढ्ने

यो वर्ष भेडा र च्याङ्ग्राको मासु प्रतिकेजी दुई सयदेखि तीन सयसम्म बढ्ने खरिदविक्री सेवा संघले जनाएको छ। संघका अध्यक्ष खत्रीका अनुसार अहिले जिउँदो भेडाच्याङ्ग्राको मासु प्रतिकेजी एक हजार ५० रुपैयाँसम्म पर्छ।

‘दशैँमा बढेर प्रतिकेजी १४ सयसम्म पुग्छ’‚ उनले भने, ‘खसीबोकाको आजको मूल्य जिउँदो प्रतिकेजी ७ सय ३० रुपैयाँ छ, पछिको मूल्य भन्न सकिन्न। घटस्थापना आसपासबाट मूल्य कायम हुन्छ।’ चौपायाको आपूर्ति कम भएमा अहिलेको तुलनामा मूल्य बढ्ने उनको भनाइ छ।

हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलो र स्वास्थ्यका लागि फाइदा हुने भन्दै धेरैजसो उपभोक्ताले भेडाच्याङ्ग्रा खोज्ने गर्छन्। नेपालमा कम मात्रामा उत्पादन भएको हुँदा भेडाच्याङ्ग्राको मूल्य महँगिएको अध्यक्ष खत्रीको भनाइ छ।

राजधानीमा यो वर्षको दशैँका लागि ३८ हजारको संख्यामा खसीबोका र च्याङ्ग्रा आवश्यक पर्ने पशु सेवा विभागले अनुमान गरेको छ तर चौपाया खरिद सेवा संघले भने कम्तिमा पनि ४१ देखि ४५ हजारसम्म चाहिने अनुमान गरेको छ।

२० गतेदेखि उपत्यकामा भेडा च्याङ्ग्रा भित्रिने

‘दुर्गम कर्णालीलाई प्रविधिसँग जोड्नुपर्छ’

२० गतेदेखि उपत्यकामा भेडा च्याङ्ग्रा भित्रिने

२४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर

Leave a comment

Your email address will not be published. Required fields are marked *