भर्खरै हेनुहोस् देशव्यापी आम हड्ताल गर्ने प्रचण्ड र माधव नेपाल समुहकोे घोषणा!
सुर्खेत २१ माघ, नेकपा प्रचण्ड–माधव नेपाल पक्षले सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा बिहीबारका लागि आह्वान गरेको आम ह’ड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधि लगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।
प्रचण्ड नेपाल पक्षले आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिएका छन । पत्रकार सम्मेलनपछि वितरण गरिएको प्रेसमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ ।
यस्तै माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्याली माघ २८पछि हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन। त्रिविका धेरै तहका परीक्षा चलेकाले परीक्षा केन्द्र र परीक्षा दिन जाने विद्यार्थीका साधनलाई भने नरोकिने भुसालले बताउनुभयको छ। यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्था लगायत सबै क्षेत्र बन्द हुने भुसालले जानकारी दिनुभयको छ।