२०८३ जेष्ठ ३० गते
×

Now Playing

माइक्रोसफ्ट च्याम्पियनसीपमा कर्णालीले सहभागीता जनाउने

सुर्खेत, २१ माघ  । सुचना प्रविधि क्षेत्रमा विश्वको सबै भन्दा ठुलो प्रतियोगिता माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा कर्णालीका विद्यार्थीहरुले पनि प्रतिष्पर्धा गर्ने भएका छन् । डेलाइट आइ.टी. इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले कर्णालीका विद्यार्थीहरुलाई प्रतियोगीतामा सहभागी गराउनलागेको हो ।

माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीपग्लोवल कम्पीटिसन हो । प्रतियोगीतामा सहभागी विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण हुन्छ । सहभागी विद्यार्थीले माईक्रोसफ्ट सर्टिफिकेशन पाउँछन् । यो एक अन्तराष्ट्रिय प्रमाणपत्र हो ।प्रतियोगिता जिल्ला, राष्ट्रिय र अन्तराष्ट्रिय गरेर तीन तहमा हुने सेन्टरका सञ्चालकतथा(माईक्रोसफ्ट अफिस स्पेशलिष्ट डिष्ट्रीक अपरेसन म्यानेजर)प्रकाश खनालले जानकारी दिए ।

प्रतियोगीतामा १३ वर्ष पूरा भई २२ वर्ष ननाघेका प्रतियोगीहरु सहभागीहुन पाउँछन् । जिल्लास्तरका विजेताहरु राष्ट्रिय प्रतियोगीतामा प्रतिष्पर्धाका लागिपोखरा जान पाउँछन् । ‘पोखरामा हुने राष्ट्रिय प्रतियोगीतामा ७७ वटै जिल्लाका बिजेताहरुबीच प्रतिस्पर्धा हुनेछ,’ खनालले भने, ‘प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जनाविद्यार्थी वल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्वगर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जान पाउँछन् ।’
कार्यक्रम संयोजक पदम खनालले कोरोना संक्रमणका कारण पछिल्लो समय विद्यार्थीहरु अनलाइन कक्षामा अभ्यस्त भइराखेकाले प्रतियोगीतामाविद्यार्थीहरुलाई त्यसको फाइदापुग्ने बताए । उनले विद्यार्थीहरुमा सिपविकासका साथै खाली समयको सदुपयोग हुने, विश्वकै ठूलो प्रतियोगीतामा सहभागीहुनपाइने, देश–विदेशकाविद्यार्थीहरुसँग साक्षात्कार गर्न पाइने लगायतका फाइदाहरु सहभागीलाई हुने बताए ।
विगत १८ वर्षदेखि भइरहेको प्रतियोगीतामा सन् २०२० मा मात्रै एक सय ३५ देशका १० लाख भन्दाबढी विद्यार्थीले सहभागिता जनाएका थिए । नेपालले २०१३ मा वल्ड च्याम्पियनसीपको उपाधिप्राप्त गरेको छ । प्रतियोगीतामा सहभागीहुनका लागि फागुन २० गतेभित्रफारम भर्नुपर्ने हुन्छ भने सहभागीलाई तालिमको व्यवस्था आयोजक संस्थाले गर्ने छ ।

माइक्रोसफ्ट च्याम्पियनसीपमा कर्णालीले सहभागीता जनाउने

YUGAAWHAN NATIONAL DAILY (2077-10-21)

माइक्रोसफ्ट च्याम्पियनसीपमा कर्णालीले सहभागीता जनाउने

थपियो बज्रपातस् विमान दुर्घटना हुँदा १४ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *