कांग्रेस मुस्ताङको सभापतिमा थकाली र मनाङमा गुरुङ निर्वाचित

काठमाडौं ।  नेपाली कांग्रेस मुस्ताङको जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनले गौचनलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

पूर्व वाणिज्यमन्त्री समेत रहेका थकाली वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग नजिक छन् ।

यस्तै मनाङको कांग्रेस सभापतिमा शंकर गुरुङ निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत सभापति बनेका हुन् ।

मनाङमा सबै तहको नेतृत्व सर्वसम्मत चयन गरिएको छ। कांग्रेस निर्वाचन समितिका अनुसार आजबाट हिमाली जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सुरु भएको छ ।

कांग्रेस मुस्ताङको सभापतिमा थकाली र मनाङमा गुरुङ निर्वाचित

कांग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान सर्वसम्मत

रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *