कृषिमा छलांङ्ग मार्ने योजनामा सांसद खड्का, पाँच सय वाख्रा पाल्ने तयारीमा

सुर्खेत, २० माघ ।
सांसद भनेपछि राज्यको तलब नै खानुपर्छ । राज्यबाट सेवा सुविधा लिएर मात्रेै काम गर्न सकिन्छ र राज्यकै स्रोतबाट तीन पुस्तालाई खान पुग्ने सम्पती जाहो गर्नुपर्छ भन्ने मान्यता हावी भइरहेको कर्णाली समाजमा प्रदेश सभा सदस्य पदमा खड्काले दुइ करोड बढिको लगानीमा बाख्रा फर्म खोल्न थालेकी छिन् । झण्डै चालिस वर्षको उमेरमा कदम राख्दै गरेकी सांसद खड्का प्रदेश सभा सदस्य हुन । उनले वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ मा रहेको नयाँ गाउँमा अन्य चार जनासँग मिलेर कृषि फर्म सञ्चालनमा ल्याउन लागेकी हुन ।

एक सय भन्दा बढिरोपनी जग्गा खरिदमै उनको कृषि अर्गानिक फर्मले सवा करोड रुपैंया खर्च गरेको छ । व्यवस्थापक दुर्गा प्रसाद पौडेलका अनुसार वाख्राका लागि खोर बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । खोरसम्म जानका लागि वडा कार्यालयसँग कम्पनीले साझेदारी गरेर पहुँचमार्ग विस्तार गरेको छ भने वाख्राका लागि पानी ट्यांकंी निर्माण भइरहेको छ । ‘बारीमा डालेघाँसका हजारौं विरुवा रोपेका छौं । बीस बाख्रा खरिद गरिसकेका छौं । आफ्नो जग्गामा घरबार लगाउने काम सुरु भएको छ भने करिब ६०० वाख्रा अट्ने खोर निर्माण अन्तिम चरणमा पुगेको छ ।’ उनले भने, अब हामीले बोयर, खरि जातका वाख्रा खरिद गर्न सुरु गरेका छौं ।’

‘हामीले कृषि क्षेत्रबाट मनग्य आम्दानी पाइरहेको विभिन्न क्षेत्रमा अनुगमनका क्रममा देख्यौं । कृषि तथा पशुपालनबाट आर्थिक समृद्धि हुने देखेकै कारण हामीले फर्म खोल्ने निर्णय गरेका हौं ।’ सांसद पदमा खड्काले भनिन्, ‘अहिले करिब दुइ करोडको लगानीबाट फर्म सुरु गर्ने तयारी गरेका छौं । कम्तिमा दश जना भन्दा बढि युवालाई रोजगारी दिने र कृषि क्षेत्रबाट पनि समृद्धि हासिल गर्न सकिन्छ भनेर देखाउन हामीले यो काम गर्न थालेका हौं ।’

उनले आफूले राजनीतिलाई सेवाको रुपमा लिइरहेको बताईन । ‘म राजनीतिलाई सेवाको रुपमा लिन्छु । आर्थिक लेनदेन गर्न व्यवसाय सुरु गरेका हौं । सबैको लगानीबाट साझा रुपमा कम्पनी सञ्चालन गरेर त्यसबाट भएको आम्दानीले समाजसेवा गर्ने सोच बनाएको छु ।’ उनी भन्छिन्, ‘राज्यबाट नै सबै सेवा पाउनुपर्छ भन्ने मान्यता मेरो छैन । राज्यलाई म के दिन सक्छु भन्नेमा म लागिरहेको छु ।’ उनले टिमुर खेति, कागती खे ितगर्ने योजना बनाइरहेको बताईन । ‘हामीले थप जग्गा खरिुद गरेर टिमुर, कागती खे ितगर्ने योजना बनाएका छौं । त्यसकालागि केहि जग्गा खरिद पनि गरेका छौं ।’ आफूले खरिद गरेको बारी देखाउँदै सांसद खड्काले नेपाल प्रेसलाई भनिन्, ‘सबैको सहकार्यमा काम गरेको खण्डमा कस्सो सफलता नमिल्ला र ?’ नेपालमा कृषि क्षेत्रमा अपार सम्भावना भएको आफूले देखेको बताउँदै कृषि क्षेत्रको व्यावसायिकरणबाट मात्रै कर्णालीलाई समृद्ध बनाउन सकिने धारणा राखिन ।

‘हामीले यहाँ छरेको खेति पर्याप्त हुन्छ । गोडमेल गरेर व्यवस्थित रुपमा लगाए झन कति फल्ला ?’ उनले भनिन्, ‘त्यसैले लगानी जुटाएर यो व्यवसायमा हात हालेका छौं । यसबाट मनगय आम्दानी हुनेमा कुनै द्धिविधा छैन ।’ उनले फर्ममा दक्ष जनशक्ति राख्ने बताईन । ‘वाख्राका लागि आवश्यक पर्ने सबै सामाग्री तथा जनशत्तिःको व्यवसथा हामीले गरिसकेका छौं । त्यसबाट यस क्षेत्रमा रहेका अन्य नागरिकर्ला पनि सेवा प्रदान गर्ने खालको योजना बनाएका छौं ।’

आगलागी रोकथाम

कृषिमा छलांङ्ग मार्ने योजनामा सांसद खड्का, पाँच सय वाख्रा पाल्ने तयारीमा

बिरुवा समेत बिक्री नहुँदा यसरी ऋणमा डुबे

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds